Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification
WELCOME !!

Please Register, ask for assignment solutions & post the solutions if you know any.

LETS START POSTING YOUR IDEAS AND THOUGHTS AND BUILD THE COMMUNITY OF EXPERTS.

Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification
WELCOME !!

Please Register, ask for assignment solutions & post the solutions if you know any.

LETS START POSTING YOUR IDEAS AND THOUGHTS AND BUILD THE COMMUNITY OF EXPERTS.

Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification

Stock Market, Online Tutoring, Cloud Based ERP System, Microsoft Dynamics Reporting, Microsoft Nav Certification


You are not connected. Please login or register

View previous topic View next topic Go down  Message [Page 1 of 1]

Formatted

Formatted
Administrator
८ कार्तिक,काठमाडौं  ।
फ्लाई दुबईको जेट विमान उडान भर्न तयार थियो। १ सय ७१ यात्रु बोकेको जहाज धावनमार्गमा तीव्र गतिले कुद्न थाल्यो। ठ्याक्कै धर्ती छाड्ने बेला अचानक एउटा कुकुर दौड्दै आयो र अगाडिको पांग्रामा ठोक्कियो। कुकुरलाई कुल्चेर क्षतविक्षत पार्दै जहाज उड्नै लाग्दा पांग्रामा त्यसका अंगप्रत्यंग झुन्डिएका थिए।
यो घटना हो, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको, जहाँ कुकुरले बाटो काटेपछि धावनमार्ग छाड्नै लागेको जहाजमा 'इमर्जेन्सी ब्रेक'लगाउनुपर्‍यो। सय मिटर पर गएर जहाज बल्लतल्ल रोकियो। कोटेश्वरतर्फ जुन विन्दुमा जहाज रोकिएको थियो, धावनमार्ग त्यहाँबाट २ सय मिटरमै सकिन्छ।
झ्याप्पै नरोकेको भए ठूलो दुर्घटना हुन्थ्यो,' एक वरिष्ठ पाइलट ९क्याप्टेन० ले भने, 'ठूलो जहाजका लागि दुई सय मिटर दुरी भनेको एक सेकेन्ड पनि होइन। धन्न, जहाज रोक्न सकियो।'

उतिन्खेरै कुकुरको पछिपछि दौड्दै धावनमार्ग छिरेका दुइटा स्यालले पनि फ्लाइ दुबईको बाटो काटेका थिए। ती स्याल भने रौंबराबरले जोगिए।
कात्तिक ४ गते सोमबार राति पौने ११ बजेको यो घटनापछि फ्लाई दुबईको 'एफजेड ५७४'उडान नम्बरको जहाज डेढ घन्टा विमानस्थलमै अड्कियो। प्राविधिक पक्ष जाँच गरी मध्यरात सवा १२ बजे दुबई उडाइएको थियो।
जहाज ठूलो भएकाले 'अपर्झट आइपरेको संकटु पाइलट टोलीबाहेक अरूले चालै पाएनन्। खालि उड्नै लागेको जहाज किन रोकियो भन्ने अन्योल यात्रुहरूलाई भइरह्यो। जहाजका क्याप्टेन फिल्हो वेर्नरले पांग्रामा केही ठोक्किएको जानकारी टावरलाई गराए। र, जहाज फर्काएर पार्किङबेमा ल्याए। त्यसपछि फ्लाई दुबई र विमानस्थलका कर्मचारी तथा सुरक्षाकर्मीले पांग्रामा अड्किएको मरेको कुकुर झिकेका थिए।
धावनमार्गमा जहाज हुइँकिँदा जतिसुकै सानो वस्तु ठोक्किए पनि त्यसले सयौं टनबराबरको धक्का दिन्छ। जहाजमा जति तौल बढी हुन्छ, त्यसको गति त्यति नै बढी हुन्छ। फ्लाई दुबईको बोइङ ७३७–८०० सिरिजको उक्त जहाज त्यसबेला करिब ४ सय किलोमिटर प्रतिघन्टाका दरले कुदिरहेको अनुमान छ।
ुसोच्दै नसोचेको घटना हुन पुग्यो,' त्रिभुवन विमानस्थलस्थित फ्लाई दुबईकी स्टेसन म्यानेजर ट्विंकल राजभण्डारीले बिहीबार नागरिकसँग भनिन्, 'यो घटनाले विमानस्थल व्यवस्थापन धावनमार्ग सुरक्षाप्रति एकरत्ति गम्भीर नभएको पुष्टि हुन्छ। अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमै कुकुर र स्याल निस्प्किक्री दौडिनु भनेको जहाज र यात्रु सबैका लागि गम्भीर खतरा भएको नागरिक दैनिकमा खबर छ ।
घटनाको भोलिपल्ट उनले विमानस्थलका महाप्रबन्धक दिनेशप्रसाद श्रेष्ठलाई विस्तृत जानकारी दिँदै 'भविष्यमा दोहोरिन नदिन तुरुन्त कदम चाल्नु पत्राचार गरिन्। विमानस्थलले अहिलेसम्म त्यसको जवाफ दिएको छैन।
राजभण्डारीले नेपाल उडान गरिरहेका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूको संगठन एयरलाइन्स अपरेटर्स कमिटी नेपाल (एओसिएन) लाई पनि घटनाको जानकारी गराइसकेकी छन्। 'तीन दिन बित्दा पनि विमानस्थल व्यवस्थापनबाट कुनै प्रतिक्रिया पाएका छैनौं, एओसिएनका अध्यक्ष भरतकुमार श्रेष्ठले भने, उडान सुरक्षामा गम्भीर त्रुटि भएको विषयलाई विमानस्थल व्यवस्थापन वा नागरिक उड्डयन प्राधिकरणले प्रतिक्रिया नजनाउँदा हामी अचम्भित छौं।
श्रेष्ठका अनुसार ती कुकुर र स्याल कताबाट धावनमार्ग छिरे भन्ने विमानस्थल व्यवस्थापनले पत्ता लगाउनुपर्छ। धावनमार्गमा कुकुर, स्याल, बाँदर र चराको यस्तै बिगबिगी हुन्छ। त्यसमाथि अहिले धावनमार्ग वरिपरि घाँस सप्रेर झाडी भएको छ, श्रेष्ठले भने, 'यस्ता घाँसमा कुकुर, स्याल, बाँदर लुक्न सक्छन्। विमानस्थल व्यवस्थापनले घाँस काट्ने छाँट पनि देखाएको छैन।'
फ्लाई दुबईको घटनापछि एओसिएनले तुरुन्त विमानस्थल व्यवस्थापनसँग बैठक बसेर छलफल गर्न खोजे पनि हालसम्म सफल नभएको श्रेष्ठले जानकारी दिए। उता फ्लाई दुबईकी स्टेसन म्यानेजर राजभण्डारीले पनि विमानस्थलका महाप्रबन्धकसँग भेट्ने प्रयास सफल हुन नसकेको बताइन्। 'दुबईको मुख्यालयबाट विमानस्थल व्यवस्थापनले के जवाफ दियो भनेर सोधेको सोध्यै छ,' उनले भनिन्, 'यहाँ कसैलाई मतलबै छैन, यत्रो घटना भयो, मैले विमानस्थलका महाप्रबन्धकलाई भेट्नधरी सकेको छैन।
महाप्रबन्धक श्रेष्ठले भने घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए। विमानस्थलको कुन भेगबाट कुकुर र स्याल छिरे भन्ने पत्ता लगाउने काम भइरहेको उनले बताए।
नसोचेको घटना भयो, राम्रो कुरा पक्कै होइन, श्रेष्ठले भने, विमानस्थलभित्र छिरेका कुकुर मार्दा पशु अधिकारकर्मीले विरोध गर्छन्। त्यही भएर लखेट्ने वा धपाउनेमात्र गरिरहेका छौं।

http://kantipur.friendhood.net

Formatted

Formatted
Administrator
जेट विमानले कुकुर कुल्चिँदा...  Jet10

http://kantipur.friendhood.net

View previous topic View next topic Back to top  Message [Page 1 of 1]

Permissions in this forum:
You cannot reply to topics in this forum