Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification
WELCOME !!

Please Register, ask for assignment solutions & post the solutions if you know any.

LETS START POSTING YOUR IDEAS AND THOUGHTS AND BUILD THE COMMUNITY OF EXPERTS.

Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification
WELCOME !!

Please Register, ask for assignment solutions & post the solutions if you know any.

LETS START POSTING YOUR IDEAS AND THOUGHTS AND BUILD THE COMMUNITY OF EXPERTS.

Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification

Stock Market, Online Tutoring, Cloud Based ERP System, Microsoft Dynamics Reporting, Microsoft Nav Certification

Similar topics

    You are not connected. Please login or register

    View previous topic View next topic Go down  Message [Page 1 of 1]

    Formatted

    Formatted
    Administrator

    धरान- संविधान सभा निर्वाचन सुरक्षाको लागि इटहरीस्थित पूर्वी पृतनाबाट धनकुटातर्फ जादै गरेको नेपाली सेनाको ट्रक दुर्घटनामा परेको छ। कोशी राजमार्गको भेडेटार–धनकुटा सडकखण्डमा पर्ने मुलघाट नजिक भएको दुर्घटनामा परी ९ जना सेना घाइते भएका छन्। लु१ग ९६ नम्बरको सेनाको ट्रक पल्टदा धनकुटाबाट धरानतर्फ आउँदै गरेको मोटरसाइकललाई पनि किचेको थियो। मोटरसाइकल किचिएर चालक रमेशकुमार शाही पनि सामान्य घाइते छन्। घाइते सबैको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
    दुर्घटनामा परी घाइते हुनेमा सेनाका ब्याक्याहु हिमबहादुर थापा, हु. दिलबहादुर रानामगर, अम हेमबहादुर थापा, प्युठहरु नरेन्द्र राई, हेमबहादुर चौधरी, मणिराज अधिकारी, गनरहरु दिपकप्रसाद बली, खडानन्द भुषाल र सोमलाल थारु छन्। घाइतेको अवस्था सामान्य रहेपनि ट्रक चालक रहेका प्युठ मणिराजको टाउको पछाडि बढी चोट लागेको मेजर चन्द्रकुमार लामाले जानकारी दिए। दुर्घटनामा परी घाइते मोटरसाइकल चालक शाही पनि सेनाका शिक्षक भएको उनले बताए।
    मेजर लामाका अनुसार ओरालो बाटोमा ब्रेक फेल भए पनि चालकले ट्रकलाई पहाडको भित्तामा ठोक्काएका थिए। 'धन्न भित्तापटि ठोकिएर बच्यो, भिरपटि गएको भए धेरै नोक्सानी हुन्थ्यो,' मेजर लामाले भने, 'ट्रक भित्तामा ठोक्किएर पल्टिँदा आउँदै गरेको मोटरसाइकललाई पनि किचेछ।' घटनास्थल भेडेटारबाट करिब ४ किलोमिटर धनकुटातर्फ पर्छ। उनका अनुसार पुर्वी पृतना नम्बर १ राजदल गणबाट सय जना सेनाको टोली धनकुटाको सल्लेरी ब्यारेकतर्फ जाँदै गरेका थिए। दुई जना क्याप्टेनको नेतृत्वमा तीन वटा ट्रकमा टोली धनकुटातर्फ जाँदै थियो। दुर्घटनामा परेको ट्रकमा रहेका क्याप्टेन सौगातसिंह राठौर पनि सामान्य घाइते छन्।
    मंसिर ४ मा हुने निर्वाचन सुरक्षाका लागि नेपाली सेना आइतबारसम्म चोकिएको स्थानमा पुग्नुपर्नेछ र सोमबारदेखि औपचारिकरुपमा जिम्मेवारी लिनुपर्नेछ। संविधानसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना ०७० अर्न्तगत परिचालन भएको सेनाले हरेकजसो निर्वाचन क्षेत्रमा दुई दुई वटा क्याम्प राखेर सुरक्षा प्रदान गर्नेछ।

    http://kantipur.friendhood.net

    Formatted

    Formatted
    Administrator
    सेनाको ट्रक दुर्घटना, ९ जना घाइते Sena10

    http://kantipur.friendhood.net

    View previous topic View next topic Back to top  Message [Page 1 of 1]

    Permissions in this forum:
    You cannot reply to topics in this forum