नक्कली कागजात र कमशल जग्गाको भरमा कर्जा दिएको आरोपः
काठमाडौं, भाद्र ११ । समस्याग्रस्त गोर्खा डेभलपमेण्ट बैंकका तत्कालीन कर्जा प्रमुख दीपक राना मगरलाई प्रहरीले आज काठमाडौंको बनस्थलीबाट पक्राउ गरेको छ । गोर्खा स्थायी घर भएका अभियुक्त रानामगरलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले ११ करोड ६ लाख भन्दा बढी रकम हिनामिना गरी बैंक डुबाएको आरोपमा पक्राउ गरेको हो।
अभियुक्त रानामगर समेतको मिलोमतोमा मुना हाउजिङ्ग एण्ड डेभलपमेन्ट कम्पनी र लुम्बिनी इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट प्रा.लि.लाई गलत धितो मूल्यांकन, नक्कली कागजात, र कमशल जग्गाको भरमा कर्जा दिएको प्रहरीले जनाएको छ । मगरलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर हनुमानढोका चलान गरिएको छ ।