Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification
WELCOME !!

Please Register, ask for assignment solutions & post the solutions if you know any.

LETS START POSTING YOUR IDEAS AND THOUGHTS AND BUILD THE COMMUNITY OF EXPERTS.

Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification
WELCOME !!

Please Register, ask for assignment solutions & post the solutions if you know any.

LETS START POSTING YOUR IDEAS AND THOUGHTS AND BUILD THE COMMUNITY OF EXPERTS.

Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification

Stock Market, Online Tutoring, Cloud Based ERP System, Microsoft Dynamics Reporting, Microsoft Nav Certification


You are not connected. Please login or register

View previous topic View next topic Go down  Message [Page 1 of 1]

Formatted

Formatted
Administrator


तारेखमा छुटेकाबाट तरबार हानी चारको हत्या प्रयास


खिलानाथ ढकाल, विराटनगर, भदौ ४- अपहरण तथा शरीर बन्धक मुद्दामा पुनरावेदन अदालत विराटनगरले सामान्य तारेखमा छाडेका अभियुक्तले शनिबार समसाँझै र आइतबार दिउँसो शृंखलाबद्व तरबार हानेर चार जना सर्वसाधारणको ज्यान लिने प्रयास गरेका छन्।

विराटनगर-१२ का कांग्रेस कार्यकर्ता आजम परवेज मियाँले सोही ठाउँका हजमिरी हुसेन, साकिर हुसेन, जाकिर हुसेन र साजिद हुसेनलाई घरबार हानी घाइतेबनाएका हुन्। मियाँले शनिबार साँझ पाँच बजे हजमिरीलाई विराटनगर-१४ गुदरीस्थित मुसलमानहरूको मस्जिद छेउमा तरबार हानी घाइते बनाएका थिए। इद उलफित्र पर्वको पूजापाठ भइरहेको मस्जिद नजिक उभिरहेका हुसेनलाई मोटरसाइकल
चढेर आएका परवेजले ढाडमा लुकाएको तरबार झिकेर प्रहार गरेका थिए। तरबार प्रहारबाट उनको वायाँ हात, कुम र टाउकोमा गम्भीर चोट लागेको छ। न्यूरो अस्पतालमा उपचारपछि उनी घरमा आराम गरिरहेका छन्। मस्जिद छेउमा तरबार प्रहार गरेको भोलिपल्ट आइतबार दिउँसो पौने चार बजे मियाँ र उनका सहयोगी चन्दन मण्डल, एजाज खान लगायतको समूहले विराटनगर-१२ घोघापुल चोक छेउस्थित घरमै गएर साकिर, जाकिर र साजिदलाई तरबार प्रहार गरेका थिए। उनीहरूको हात, ढाड तथा शरीरका अन्य ठाउँमा चोट छ। न्यूरो अस्पतालमा उपचार भइरहेका सबैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।
पीडित हजमिरीका अनुसार मियाँले घाँटीमा ताकेर तरबार प्रहार गरेका थिए। 'मस्जिद छेउमा उभिइरहेको थिएँ, एक्कासि तरबार निकालेर हान्ने बेलामा उनलाई देखें,' हुसेनले घटनाबारे नागरिकसँग भने, 'छेक्ने हुँदा हातै काटियो। त्यसपछि लगातार दुईपटक तरबार प्रहारपछि भाग्न सफल भएँ। नभागेको भए मारिने रहेँछु।'
हुसेनको देब्रे हातमा १८, टाउकोमा ९ र कुममा ६ वटा टाँका मारिएको छ। उनको स्वास्थ्य खतरामुक्त रहेको र घरमै औषधी खाएर आराम गर्दा हुने भएकोले रेफर गरिएको न्यूरो अस्पतालले जनाएको छ। हुसेनमाथि सांघातिक हमला भएपछि आक्रोशित केही व्यक्तिले परवेजको खोजी गर्ने क्रममा उनका दाजु रियाजलाई आक्रमण गरेका थिए। गालामा चोट लागेका उनकोअवस्था सामान्य छ। परवेज मियाँमाथि विराटनगर-१२ का खमानसिंह बोहरालाई अपहरण तथा शरीर बन्धक बनाएको मुद्दा अदालतमा विचाराधिन छ। उक्त मुद्दामा असोज १० गते पक्राउ परेका मियाँलाई जिल्ला अदालत मोरङले कारागार चलान गरेकोमा मंसिर १६ गते पुनरावेदन अदालतले सामान्य तारेमा छाडेको थियो।
घर बेचेबापतको कमिशनस्वरूप १० लाख रूपैयाँ माग्दा नदिएपछि बोहरालाई मियाँले अपरहण गरेका थिए। आठ-आठ पटक टेलिफोन सम्पर्क भएको कल विवरणसहितको मिसिलमा फोन र एसएमएस धम्की 'नमिलेको' ठहर गर्दै मुख्य न्यायाधिश गोपालप्रसाद पराजुली र रेवन्तबहादुर कुँवरको संयुक्त इजलासले मियाँलाई सामान्य तारेखमा छाडेको थियो।
प्रहरी सूचीमा मियाँ धाकधम्की र गुण्डागर्दीबाट ठेक्कापट्टा, हप्तावारी,महिनावारी असुल्ने गिरोह हुन्। पीडित हुसेनका अनुसार मियाँसँग दिउँसो सिद्धार्थ चोकमा सामान्य विवाद भएको थियो। 'ज्यान लिनेगरी अरू केही दुश्मनीभएजस्तो लाग्दैन,' हुसेनले भने। सुरक्षा दृष्टिले अति संवेदनशील क्षेत्र मानिएको गुदरी र घोघापुल चोक छेउमा ज्यान लिने उद्देश्यले तरबार हान्ने मियाँलाई प्रहरीले पक्राउ गर्न सकेको छैन। 'फरार' रहेकोले खोजी भइरहेको प्रहरी भनाइ छ। 'दुबै घटना गराउनेबित्तिकै उनी भागेका छन्, उनकै संलग्नतामा भएको जानकारी प्राप्त भएको छ,' मोरङका प्रहरी उपरीक्षक निरजबहादुर शाहीले भने, 'खोजी कार्यलाई तीब्रता दिएका छौं, प्रकृति हेर्दा ज्यान लिने उद्देश्यले गराएको देखिन्छ। पक्राउ पर्नेबित्तिकै घटनाको अनुसन्धान थाल्छौं।'
पीडितले मियाँविरूद्व ज्यान मुद्दामा किटानी जाहेरी दिने तयारी गरिरहेकाछन्। हुसेनको ज्यान लिने प्रयास भएपछि इद उलफित्र पर्व मनाउने मुसलमानहरू त्रसित छन्। डरले उक्त मस्जिदमा पूजापाठ गर्न आउने मुसलमानहरूको संख्या पनिघटेको छ। दिनदहाडै काटमार हुन थालेपछि विराटनगरको सुरक्षा जटिल बन्दै गएकोछ।
पूर्वक्षेत्रीय प्रहरी नायब महानिरीक्षक सुरेन्द्रबहादुर शाहले शान्ति सुरक्षामा चुनौती दिन घटना गराइएको बताउँदै दोषीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित प्रहरी प्रमुखलाई निर्देशन दिएको बताए। 'घटना गराउने जो र जहाँ संरक्षित भए पनि कानुनी दायरामा ल्याइने छ,' शाहले भने। यद्यपि, अघिल्लो घटना गराएर 'फरार' भनिएका मियाँकै संलग्नतामा पुनः अन्यको ज्यान लिने प्रयास भएकाले प्रहरीको सुरक्षामाथि प्रश्न उब्जेको छ।प्रहरीका अनुसार मियाँ कहिले तराई मधेश लोकतान्त्रिक, नेकपा एमाले, एकीकृत माओवादी तथा कांग्रेस पार्टीको संरक्षणमा आपराधिक गतिविधि गर्छन्। उनी अहिले पर्शुराम बस्नेतको समूहलाई सहयोग गरी आपराधिक गतिविधि गर्ने
गरेको प्रहरीको दावी छ। परवेज मियाँलाई सामान्य तारेखमा छाड्ने आदेशको पुनरावलोकन माग्दै पुनरावेदन अदालत सरकारी वकिलको कार्यालयले मिसिल महान्यायधिवक्ताको कार्यालय पठाएको थियो। त्यसको सुनुवाई सर्वोच्च अदालतमा हुने क्रममा छ। 'उताबाट मिसिल आइनसकेकाले सुनुवाइकै क्रममा हुनुपर्छ,' जिल्ला न्यायधिवक्ता राजन भट्टराईले भने।

http://kantipur.friendhood.net

View previous topic View next topic Back to top  Message [Page 1 of 1]

Permissions in this forum:
You cannot reply to topics in this forum