Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification
WELCOME !!

Please Register, ask for assignment solutions & post the solutions if you know any.

LETS START POSTING YOUR IDEAS AND THOUGHTS AND BUILD THE COMMUNITY OF EXPERTS.

Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification
WELCOME !!

Please Register, ask for assignment solutions & post the solutions if you know any.

LETS START POSTING YOUR IDEAS AND THOUGHTS AND BUILD THE COMMUNITY OF EXPERTS.

Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification

Stock Market, Online Tutoring, Cloud Based ERP System, Microsoft Dynamics Reporting, Microsoft Nav Certification


You are not connected. Please login or register

View previous topic View next topic Go down  Message [Page 1 of 1]

Formatted

Formatted
Administrator


सैन्य कार्यदिशा बनाउने जिम्मा चन्दलाई-
उजिर मगर,
काठमाडौं, भदौ १- नेकपा-माओवादीले पुस २५ देखि २९ गतेसम्म महाधिवेशनको मिति तय गरेको छ। बिहीबार बसेको पार्टीको पोलिटब्युरो बैठकले सैन्य कार्यदिशा तय गर्ने गरी महाधिवेशनको मिति तय गरेको हो। सांगठनिक एजेन्डा बाँकी रहेकाले निर्णय सार्वजनिक भएको छैन।

एकीकृत माओवादीबाट विभाजन भएको डेढ महिनाभित्र संगठन निर्माण क्रममा६० प्रतिशत 'युद्धकालीन' कार्यकर्ता आफूहरूसँग रहेको निष्कर्षसँगै सैन्य कार्यदिशा तय गर्ने निर्णय पार्टीले गरेको हो।बुद्धनगरस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले सैन्य कार्यदिशाकोप्रतिवेदन तयार गर्ने जिम्मा सचिव नेत्रविक्रम चन्दलाई दिएको छ।'पार्टीको सैन्य कार्यदिशा तयसहितको प्रतिवेदन तयार पार्ने जिम्मा विप्लव (चन्द)लाई दिने निर्णय भएको छ,' पोलिटब्युरो सदस्य खड्गबहादुर विश्वकर्माले बैठकपछि नागरिकसँग भने।

महाधिवेशनले सैन्य कार्यदिशा तय गर्ने निश्चित भएपछि पुनः 'छापामार युद्ध' तयारीमा जुट्ने निर्णय भएको अर्का एक सहभागीले बताए। 'विप्लवजीले सैन्य दस्ता तयार गर्ने कार्यदिशा बनाउनुहुन्छ, फौजी दस्ता बनेपछि युद्ध नगर्ने भन्ने हुँदैन,' ती सहभागीले भने। एकीकृतमाओवादीको मूल नेतृत्व क्रान्ति छाडेर दक्षिणपन्थी अवसरवादी बनेको आरोपसँगै नेकपा-माओवादी गठन भएको थियो। विभाजनसँगै 'युद्धमा नजाने, निर्वाचन आयोगमा दर्ता पनि नहुने' घोषणा पार्टीले गरेको थियो।

काठमाडौंमा पुस २५ गते उद्घाटन हुने महाधिवेशनका लागि चन्दको नेतृत्वमा ११ सदस्यीय मूल व्यवस्थापन समिति गठन भएको छ। समितिमा विश्वकर्मा, प्रवक्ता पम्फा भुसाल, हरिभक्त कँडेल, धमेन्द्र बाँस्तोला, नारायणप्रसाद शर्मा, इन्द्रमोहन सिग्देल, महेन्द्र पासवान र कार्यालय सचिव प्रसान्त सदस्य छन्। महाधिवेशनको आर्थिक विभागसमेत चन्दलाई जिम्मा दिइएको छ।

महाधिवेशनका लागि अध्यक्ष मोहन वैद्यलाई राजनीतिक, उपाध्यक्ष सिपी गजुरेललाई विश्व कम्युनिस्ट आन्दोलन समीक्षा, महासचिव रामबहादुर थापालाई संगठनात्मक प्रतिवेदन र सचिव देव गुरूङलाई विधान तयार गर्ने जिम्मा पोलिटब्युरो बैठकले दिएको छ। तत्काल राजनीतिक निकासका लागि गोलमेचसभा मार्फत राष्ट्रिय सरकार निर्माण गर्नुपर्ने प्रस्ताव बैठकले ल्याएको छ। एकीकृत माओवादी नेतृत्व पंक्तिद्वारा 'जनयुद्ध'को उपलब्धिका रूपमा स्थापना गरिएका जनसत्ता, जनअदालत, जनमुक्ति सेना विघटन गरेको आरोप वैद्य पक्षले
लगाउँदै आएको छ।

http://kantipur.friendhood.net

View previous topic View next topic Back to top  Message [Page 1 of 1]

Permissions in this forum:
You cannot reply to topics in this forum