Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification
WELCOME !!

Please Register, ask for assignment solutions & post the solutions if you know any.

LETS START POSTING YOUR IDEAS AND THOUGHTS AND BUILD THE COMMUNITY OF EXPERTS.

Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification
WELCOME !!

Please Register, ask for assignment solutions & post the solutions if you know any.

LETS START POSTING YOUR IDEAS AND THOUGHTS AND BUILD THE COMMUNITY OF EXPERTS.

Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification

Stock Market, Online Tutoring, Cloud Based ERP System, Microsoft Dynamics Reporting, Microsoft Nav Certification


You are not connected. Please login or register

View previous topic View next topic Go down  Message [Page 1 of 1]

Formatted

Formatted
Administrator
कान्तिपुरको विवाद, 'टेबल टक'बाट समाधान नभए रामेश्वर थापा अदालत जाने


काठमाडौं । अन्तत कान्तिपुरबाट साझेदार रामेश्वर थापाको नमिठो बर्हिगमन भएको छ । दुइ साझेदारवीच विवाद भएपछि अचानक प्रिन्टलाइनबाट नाम हटाइएका रामेश्वर थापा र कैलास सिरोहियापक्षवीच छलफल हुनेछ । छलफलबाट समस्या समाधान नभए रामेश्वर अदालत जाने तयारीमा छन् । स्रोतका अनुसार सहमति नभए रामेश्वरअदालत जानेछन् ।सोमवारदेखि कान्तिपुरको प्रिन्टलाइनबाट थापाको नाम हटेको हो तर यस विषयमा कान्तिपुरमा कुनै पनि टिप्पणी भने प्रकासित गरिएको छैन । साझेदार कैलास सिरोहियाले कान्तिपुरको मूल्यांकन भएको २५० करोडमध्ये २४ दशमलव ६ प्रतिशत लगानीको ६१ करोड रुपैयाँ फिर्ता गरेपछि थापाको नाम प्रिन्टलाइनबाट हटाउने सहमति भएको थियो । थापाले रकम नपाउँदै प्रिन्टलाइनबाट नाम हटेको हो ।
विजमाण्डू डटकमले कान्तिपुरका दुई साझेदार छुट्टिन लागेको र सम्पत्ति मूल्याङ्कन भएको दुई समाचार प्रकासित गरेको थियो । अन्तत विजमाण्डूको ब्रेकिङ कान्तिपुरले औपचारिक (अफिसियल) बनाइदिएको छ ।यसैवीच इकान्तिपुरडट कमका अनुसार कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष एंव प्रवन्ध निर्देशक कैलाश सिरोहियालाई पितृ शोक परेको छ । सिरोहियाका पिता घासीराम सिरोहियाको ९८ वर्षको उमेरमा मंगलवार विहान ६ वजे उनको जनकपुर नगर पालिका १ मिल्स एरियास्थित पुस्तैनी घरमा निधन भएको छ । समाजसेवी स्वर्गीय
सिरोहिया जनकपुर उद्योग वाणिजय संघका संस्थापक महासचिव थिए । उनको निधनको समाचार सार्वजनिक भए लगत्तै उनको मिल्स एरियास्थित निबासमा बिहानैदेखि आफ्न्त, शुभेच्छुक, उद्योगी व्यबसायी र स्थानीयबासीको भिड लागेको छ । निधनको समाचार सुनेर उनका छोरा कैलाश सिरोहिया पत्नी स्वस्तिका सिरोहिया सहित जनकपुर पुगिसकेका छन् । जेठा छोरा गोपाल सिरोहिया पनि जनकपुर आउँदैछन्।स्वर्गीय सिरोहियाको तीन छोरा र ६ जना छोरी छन् । परिवारका सदस्यहरु भेलाभएपछि अपरान्ह जनकपुरको पवित्र गंगासागरको डिलमा अवस्थित स्वर्गद्वारीमा अन्तिम संस्कार गर्ने उनका माहिला छोरा गोवीन्द सिरोहियाले बताए ।

कान्तिपुरको मूल्याङ्कन २५० करोड, समझदारीपत्रमा हस्ताक्षर, कान्तिपुर अब ‘ओभरक्यापिटलाइज्ड'

काठमाडौं । कान्तिपुर पब्लिकेशनलाई साढे दुई अर्ब रुपैयाँ मूल्यांकन गर्दै रामेश्वर थापालाई ६१ करोड रुपैयाँ दिएर विदा गर्ने प्रारम्भिक समझदारी पत्रमा कान्तिपुरका दुई साझेदारले हस्ताक्षर गरेका छन् । थापा र कैलाश सिरोहियाले सम्पत्ति मूल्याङ्कनसम्वन्धि समझदारीपत्रमा हस्ताक्षर गरेपछि कान्तिपुर औपचारिक रुपमा टुक्रिएको छ ।वरिष्ठ चार्टड एकाउन्टेन्ट बिष्णुकुमार अग्रवालको नेतृत्वमा चार्टड एकाउण्टेण्टको समूहले कान्तिपुर पब्लिकेशन प्रा.ली.को सम्पत्ति र दायित्वकोमूल्याङ्कन गरेको थियो । कान्तिपुर पब्लिकेशनको मूल्याङ्कन साढे दुई अर्ब गरेपछि ‘आरविटेटर’का रुपमा रहेका वरिष्ठ अधिवक्ता सुशिल पन्तले थापा कान्तिपुरबाट बाहिरिने खाकाको प्रारम्भिक सहमति पत्रमा दुवै जनालाई हस्ताक्षर गराएका थिए ।यो सहमति अनुसार, २४.६ प्रतिशत सेयर भएका रामेश्वर थापाले ६१ करोड
रुपैयाँभन्दा वढी रकम पाउने छन् । सहमति पत्रमा हस्ताक्षर गरेसँगै थापा कान्तिपुरबाट औपचारिक रुपमा बाहिरिएका छन् । सिरोहियाबाट थापाले सेयर हिस्सावापतको रकम पाएपछि कान्तिपुर पब्लिकेशनको प्रिन्टलाईनबाट थापाको नाम हटनेछ ।
[Only admins are allowed to see this image]

चारवर्षको अवधिमा कान्तिपुरको मूल्यांकन एक अर्ब १० करोड रुपैयाँले बढाइएको छ। चार वर्षअघि ५० प्रतिशतका साझेदार विनोदराज ज्ञवालीले छोड्दा कान्तिपुरको मूल्यांकन एक अर्ब ४० करोड रुपैयाँ गरिएको थियो ।कान्तिपुर पब्लिकेसन सुरुमा २ करोड रुपैयाँ लगानीमा स्थापना भएको हो । स्थापनाकालमा श्याम गोयन्का र ज्ञवाली समुहले एक/एक करोड रुपैयाँ राखेर थापाथलीमा घर भाडा लिइ कान्तिपुर सुरु गरेका थिए । गोयन्का कान्तिपुर छाड्दा २० लाख रुपैयाँ घाटा खाइ ८० लाख रुपैयाँ लिएर वाहिरिएका थिए । गोयन्का कान्तिपुरबाट बाहिरिएपछि सिरोहिया र ज्ञवाली परीवारको ५०/५० प्रतिशत सेयर राखिएको थियो ।दुई करोडबाट सुरु भएको कम्पनीमा २० वर्षपछि सिरोहियाले थापालाई विदा गर्दा उनको कुल लगानी १ सय ३० करोडभन्दा वढी हुने छ । कान्तिपुरले अहिले झन्डै एकअर्ब रुपैयाँ ऋण लिएको स्रोतले बतायो ।कान्तिपुरले नेपाल इन्भेष्टमेन्ट बैंक लिड रहेको बैंकहरुको समूहबाट मात्रै ७० करोड रुपैयाँ ऋण लिएको छ । विनोदराज ज्ञवाली कान्तिपुरबाट छुट्टिँदा इन्भेष्टमेन्टसँगै ग्लोबल, सनराइज, माछापुच्छ्रे र नेपाल बैंकले ७० करोडको क्रेडिट सीमा सहितको ऋण दिएका हुन् । अहिले कान्तिपुरले त्यही ऋण सीमाबाट कागज खरिदको काम गर्छ ।कान्तिपुर पब्लिकेशनले कान्तिपुर, दि काठमाण्डू पोष्ट, नेपाल, नारी र साप्ताहिक प्रकाशन गर्छ भने कान्तिपुर रेडियो पनि कान्तिपुर पब्लिकेशनकै भगिनी संस्था हो । तर कान्तिपुर टेलिभिजन भने छुट्टै लगानी संरचनामा चलिरहेको छ । टेलिभिजनमा कान्तिपुर पब्लिकेशनको लगानी पनि छ, साथसाथै गैरआवासिय नेपाली उपेन्द्र महत्तो, जीवा लामिछाने लगायतका समूहको लगानी पनिछ ।यसबाहेक कान्तिपुरसँग तिनकुनेमा कम्प्लेक्स छ, कम्प्लेक्स अघि प्रति आना ५० लाख रुपैयाँ पर्ने १५४ आना जग्गा छ । कान्तिपुरले प्रेस राख्नका लागि पेप्सीकोलामा १३ रोपनी जग्गा समेत किनेको छ । त्यसबाहेक कान्तिपुरसँग भैरहवा, नेपालगञ्ज, पाखेरा र भेंडेटारमा एफएम रेडियो र त्यसका लागि आवश्यक जग्गासहितको घर छ ।स्रोतका अनुसार गत आर्थिक वर्षमा कान्तिपुरले विज्ञापन र पत्रिकाको विक्री आय गरी कुल १ अर्ब ३५ करोड हाराहारीको कारोवार गरेको छ । कान्तिपुरको व्यवस्थापन निकटस्थ स्रोतका अनुसार कुल कारोवारको ३५ प्रतिशत मुनाफा बस्छ ।गत आर्थिक वर्षमा उच्च नाफा भएकै कारण कान्तिपुरले आफ्ना कर्मचारीका लागि ३७ दिनको बोनस दिने घोषणा गरेको छ ।एकपछि अर्को साझेदारलाई ठूलो रकम भुक्तानी गर्दै गएपछि कान्तिपुरमा सिरोहियाको लगानी वढ्दै गएको छ । लगानी बढेपछि कान्तिपुर अब ‘ओभर क्यापिटलाइज’ कम्पनी भएको छ । यसले कान्तिपुर माथि वढी नाफा गर्न दवाव परेको छ । कम्पनीले जग्गामा गरेको लगानीले प्रतिफल नदिँदा पनि वढी नाफा निकाल्नु पर्ने दवावमा कान्तिपुर रहेको स्रोतले जानकारी दियो ।

टुट्यो दोस्ती, छुट्यो पाटर्नरशिप: ४५ करोड नाफा गर्ने कान्तिपुर पब्लिकेशनबाट रामेश्वर अलग

काठमाडौं । वार्षिक करिव ४५ करोड रुपैयाँको मुनाफा गर्ने कान्तिपुर पब्लिकेशनबाट लगानीकर्ता रामेश्वर थापा बाहिरिने भएका छन् । साढे चार वर्ष अघि कान्तिपुरबाट विनोदराज ज्ञवाली छुट्टिएपछि थापा २४ दशमलव ६ प्रतिशत सेयर हिस्सेदार बन्दै कान्तिपुरमा प्रवेश गरेका थिए ।थापा बाहिरिने भएपछि अहिले चार्टड एकाउन्टेन्ट बिष्णु कुमार अग्रवालको नेतृत्वमा चार जना चार्टड एकाउण्टेण्टले कान्तिपुर पब्लिकेशन प्रा.ली.को सम्पत्ति र दायित्वको मूल्याङ्कन गरिरहेका छन् । थापा र सिरोहिया दुवै जनाले वरिष्ठ अधिवक्ता सुशिल पन्तलाई ‘आरविटेटर’का रुपमा नियुक्त गरेको स्रोतले जानकारी दियो ।
[Only admins are allowed to see this image]
थापा कान्तिपुरबाट बाहिरिएपछि सिरोहियाले पनि सिम्रिक एअरमा भएको आफ्नो २५ प्रतिशत सेयरबाट हात झिक्ने भएका छन्, त्यसैकारण अहिले कान्तिपुरको मात्रै होइन, सिम्रिक एअरको पनि सम्पत्ति र दायित्वको मूल्याङ्कन भैरहेको छ, स्रोतले भन्यो ।चालु आर्थिक वर्षको हिसाव किताव आउन केही दिन बाँकी छ, यो हिसाव किताव आएकोएक सातामा थापा र सिरोहिया छुट्टभिन्न भएको खबर आउनेछ, स्रोतले बतायो । थापा र सिरोहियाको व्याक्तिगत टकरावका कारण कान्तिपुरमा दुईजनावीच केही महिनादेखि मनमुटाव बढेको थियो ।थापाले कान्तिपुरमा आफू पनि सेयर साझेदार भएको र, केही कर्मचारी नियुक्ति बढुवा र सरुवा गर्न पाउनुपर्ने अधिकार माग्दै आएका थिए । आफ्ना निकटस्थहरुसँग उनी एक चौथाईको सेयरधनी भए पनि आफूले कान्तिपुर रेडियोमा समेत एक जनालाई समेत सरुवा गर्न नसक्ने अवस्थामा छु भन्थे । उता सिरोहिया भने थापाजी राम्रो मान्छे हो तर उहाँले कान्तिपुरको ब्राण्डलाई ‘मिस युज’ गर्नुभयो भन्ने आरोप लगाउँथे ।कान्तिपुर अहिले नेपालको सबैभन्दा ठूलो र बढी मुनाफा गर्ने कम्पनी हो । कान्तिपुरले चालु आर्थिक वर्षमा झण्डै एक अर्ब ३५ करोड रुपैयाँको कारोवार गरेको छ । कान्तिपुरको व्यवस्थापन निकटस्थ स्रोतका अनुसार कुल कारोवारको ३५प्रतिशत मुनाफा बस्छ । यसको अर्थ कान्तिपुरले चालु आर्थिक वर्षमा झण्डै ४२देखि ४६ करोड भित्र मुनाफा गर्छ ।कान्तिपुरको कारोवार नेपाली मिडियामा दोस्रो स्थानका लागि लडिरहेका गोरखापत्र, नागरिक र अन्नपूर्णभन्दा तेब्बर छ । यी तीन ठूला दैनिकको वार्षिक कुल कारोवार ३५ देखि ४० करोड रुपैयाँको हाराहारीमा छ ।कान्तिपुरले नेपाल इन्भेष्टमेन्ट बैंक लिड रहेको बैंकहरुको समूहबाट ७० करोडरुपैयाँ ऋण लिएको छ । विनोदराज ज्ञवाली कान्तिपुरबाट छुट्टिँदा इन्भेष्टमेन्टसँगै ग्लोबल, सनराइज, माछापुच्छ्रे र नेपाल बैंकले ७० करोडको क्रेडिट सीमा सहितको ऋण दिएका हुन् । अहिले कान्तिपुरले त्यही ऋण सीमाबाट कागज खरिदको काम गर्छ ।कान्तिपुर पब्लिकेशनले कान्तिपुर, दि काठमाण्डू पोष्ट, नेपाल, नारी र
साप्ताहिक प्रकाशन गर्छ भने कान्तिपुर रेडियो पनि कान्तिपुर पब्लिकेशनकै भगिनी संस्था हो । तर कान्तिपुर टेलिभिजन भने छुट्टै लगानी संरचनामा चलिरहेको छ । टेलिभिजनमा कान्तिपुर पब्लिकेशनको लगानी पनि छ, साथसाथै गैरआवासिय नेपाली उपेन्द्र महत्तो, जीवा लामिछाने लगायतका समूहको लगानी पनि छ । यसबाहेक कान्तिपुरसँ तिनकुनेमा कम्प्लेक्स छ, कम्प्लेक्स अघि प्रति आना ५० लाख रुपैयाँ पर्ने १५४ आना जग्गा छ । कान्तिपुरले प्रेस राख्नका लागि पेप्सीकोलामा १३ रोपनी जग्गा समेत किनेको छ । त्यसबाहेक कान्तिपुरसँग भैरहवा, नेपालगञ्ज, पाखेरा र भेंडेटारमा एफएम रेडियो र त्यसका लागि आवश्यक जग्गासहितको घर छ ।कान्तिपुरका अहिले एक लाख ४५ हजार ग्राहक छन् भने एक किलो सुन अफरले ८० हजार ग्राहक थपिएका छन् । थापालाई विदा गरेपछि कान्तिपुरमा नयाँ लगानीकर्ताआउने सम्भावना छ । स्रोतका अनुसार सिरोहियाले कान्तिपुर पब्लिकेशनमा पनि लगानी गर्न गैरआवासिय नेपाली उपेन्द्र महतोलाई आग्रह गरेका थिए । तर महतोले पत्रिकामा लगानी नगर्ने स्पष्ट गरेपछि उनले अर्को लगानीकर्ता खोजिसकेका छन् । तर स्रोतले नयाँ लगानीकर्ताका वारेमा भने स्पष्ट पारेन ।यसअघि स्थापनाकालदेखिका साझेदार विनोदराज ज्ञवालीले कान्तिपुरबाट ७५ करोड रुपैयाँ लिएर हिंडेका थिए । त्यतिवेला कम्पनीको चल अचल सम्पत्ति र ब्राण्ड भ्यालुसहित एक अर्ब ५० करोड रुपैयाँ मूल्यांकन गरिएको थियो । कानूनी रुपमा भने ज्ञवालीले कान्तिपुरबाट २५ करोड रुपैयाँ मात्र लिएका थिए । २५ करोडमध्ये आठ करोड रुपैयाँ लगानी र १७ करोड रुपैयाँ मुनाफा भन्दै त्यति मात्रको लाभकर तिरेका थिए । थापा कान्तिपुरमा प्रवेश गर्दा ३५ करोड रुपैयाँका हाराहारीमा लगानी गरेका थिए ।विजमाण्डू

http://kantipur.friendhood.net

View previous topic View next topic Back to top  Message [Page 1 of 1]

Permissions in this forum:
You cannot reply to topics in this forum