आंखाभरी एकोहोरो सपनाका छालहरु
खोजिराछु जिन्दगीमा हराएका कालहरु ।
कसरी बनाउं, जिवन नामको त्यो घर
भवीष्यले लडांउदैछ, उत्तिस अनी सालहरु ।
बांच्ने मन छैन अब, आफैंलाई छल गरी
रित्याउदै छु सम्झनाका सबै सुन्दर तालहरु ।
जीवन र मृत्युको नमिल्दो यो घोलमा
चहिन्न मलाई औषधी, ति मायाका जालहरु ।
छैनन आशाका त्यान्द्रा यहाँ, उही बिगत साक्षी छ
उडाइसक्यो समयले, मेरो आत्माका पालहरु ।
चारैतिर घेरिन्छन माकुरोको जालोजस्तै
मौन अनी उकुसमुकुस मेरा सबै चालहरु ।
खै कसरी बुझाउनु, आफुभित्रको आँफैंलाई
सिसा सरी फुट्दै छन, आफ्ना सबै मालहरु ।
आंखाभरी एकोहोरो सपनाका छालहरु
खोजिराछु जिन्दगीमा हराएका कालहरु ।
खोजिराछु जिन्दगीमा हराएका कालहरु ।
कसरी बनाउं, जिवन नामको त्यो घर
भवीष्यले लडांउदैछ, उत्तिस अनी सालहरु ।
बांच्ने मन छैन अब, आफैंलाई छल गरी
रित्याउदै छु सम्झनाका सबै सुन्दर तालहरु ।
जीवन र मृत्युको नमिल्दो यो घोलमा
चहिन्न मलाई औषधी, ति मायाका जालहरु ।
छैनन आशाका त्यान्द्रा यहाँ, उही बिगत साक्षी छ
उडाइसक्यो समयले, मेरो आत्माका पालहरु ।
चारैतिर घेरिन्छन माकुरोको जालोजस्तै
मौन अनी उकुसमुकुस मेरा सबै चालहरु ।
खै कसरी बुझाउनु, आफुभित्रको आँफैंलाई
सिसा सरी फुट्दै छन, आफ्ना सबै मालहरु ।
आंखाभरी एकोहोरो सपनाका छालहरु
खोजिराछु जिन्दगीमा हराएका कालहरु ।