Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification
WELCOME !!

Please Register, ask for assignment solutions & post the solutions if you know any.

LETS START POSTING YOUR IDEAS AND THOUGHTS AND BUILD THE COMMUNITY OF EXPERTS.

Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification
WELCOME !!

Please Register, ask for assignment solutions & post the solutions if you know any.

LETS START POSTING YOUR IDEAS AND THOUGHTS AND BUILD THE COMMUNITY OF EXPERTS.

Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification

Stock Market, Online Tutoring, Cloud Based ERP System, Microsoft Dynamics Reporting, Microsoft Nav Certification


You are not connected. Please login or register

View previous topic View next topic Go down  Message [Page 1 of 1]

1सायरी Empty सायरी 11th March 2009, 12:29 pm

diadem59

diadem59
Administrator
पानी पर्ने रमाइलो मौसममा, तिमी याद आउँछौ
पानी पर्‍यो भने त झन, धेरै याद आउँछौ ।।

पानीमा म भिजें भने, यादको सीमा रहन्न
आरे निस्ठुरी भनत कैले, मेरो छाता फर्काउँछौ??

2सायरी Empty Re: सायरी 1st July 2010, 10:07 am

mohan_20


Guest
study hello iam mohan adhikari
 सायरी Icon_study 

3सायरी Empty Re: सायरी 8th September 2010, 8:25 pm

Pracas


Guest
बिज्ञान र कविता
संसार;
बिज्ञानको हत्केलामा देखेपछी
त्यो कवीले
निसंकोच बिज्ञान पढ्यो ।
अनी,
उसको कवितामा षोडशी स्त्री हैन,
सैयौँ ईलेक्ट्रोनहरु प्रवेश गरे ।
फलस्वरूप;
ति शब्दहरु मात्तिए ।
अर्थहरु आत्तिए

कविता करेन्ट भयो …
साँच्चै करेन्ट ।
Pracas

4सायरी Empty Re: सायरी 8th September 2010, 8:26 pm

Pracas


Guest
गजल
मलाई त्यो कविता मन पर्दैन ।
भावशुन्य सरिता मन पर्दैन ।

शब्दहरु अर्थ सापटी माग्छन,
हो, यस्तो दरिद्रता मन पर्दैन ।

ठुलीभिर, आलो रगतले छोपिँदा,
गुराँसको रमिता मन पर्दैन ।

यथार्थता निचोरेर जन्मिएको,
कल्पितार्थ सविता मन पर्दैन ।

बाछिट्टाले निथ्रुक्क ‘प्रकाश’लाई,
चाँदको नविनता मन पर्दैन ।

5सायरी Empty Re: सायरी 8th September 2010, 8:28 pm

Pracas


Guest
चाँदनी
एक्लै हुन्छे, रातमा चाँदनी ।
चुपचाप, मातमा चाँदनी ।

अद्दित्तिय शितलता काफी
चाँहिदैन, हातमा चाँदनी ।

लठ्ठ हुँदा हेरेर त्यो रुप
पाउँछु म, माथमा चाँदनी ।

बादल त्यो उत्पात गर्जदा
निडर, बर्षातमा चाँदनी ।

छर्दाछर्दै ‘प्रकाश’ उसको
बिलाउँछे, प्रातमा चाँदनी ।

6सायरी Empty Re: सायरी 8th September 2010, 8:30 pm

Pracas


Guest
चार टुक्रा
जनता
समयको पाठक
सज्जन श्रोता
आन्दोलनको खजाना

अठार हजार जाबो !

काठमाण्डौ
ढलको बाढी
डलरको रुख
फोहोरको रास

एक मुठी पानी !

आधुनिक विद्यार्थी
इन्टरनेट क्रेजी
पार्कमा, फुल या भमरा
चिया चुरोटको व्यापार

UK का भिसाहरु !

कवी
तीन आँखे
शब्द भकारी
फुटेको एना

कविताको पोई !
[u]

7सायरी Empty Re: सायरी 8th September 2010, 8:32 pm

Pracas


Guest
गुनासो, सान्दिदीसँग
सान्दीदी !
चित्त बुझेन, मन मानेन ।
तिमीसँग आज गुनासो पोख्छु ।
बाल्यकालमै तिम्ले गाँउ छोड्यौ,
शहरमा मान्छेको समुद्रछाल छिचोल्दै,
आयतनयुक्त मोती टिप्ने अभिलाषामा ।
अनी त चटक्कै बिर्सियौ है,
बेँसिको देउरालीमा ढुंगामाटोको पसल खेलेको,
मेरो पुतली तिम्ले चोर्दा घरपछाडी कुटाकुट गरेको,
गोठालो जाँदा चुत्रोको बोटमा दिनभरी झुन्डेको ।
मलाई अचम्म लाग्छ,
त्यती मायाले आँगनमा रोपेको त्यो लालुपातेको,
तिम्लाई कत्ती पनि सम्झना आएन ?
चिरौटे चौतारीको त्यो शितलताले,
शहरको गर्मीमा भतभती पोलेन ?

सान्दिदी !
तिम्ले गाँउ छोडेपछी,
यहाँ त अनौठो युद्द पो चर्कियो ।
हत्या, अपहरन भईरहन्थ्यो ।
नोखराज दाई पनि अब हामी माझ रहेनन ।
स्कुलबाटै अपहरन गर्थे हाम्लाई त !
धेरै चोटि सुनियो: सहउठान र आमुल परिवर्तनका भाषणहरु ।
उखुझ्याङ पछाडि एक दुइवटा लाश अनौठो लाग्दैन्थ्यो, सान्दिदी ।
हजुरबा त रातिराती हिंड्नुहुन्थ्यो, गाउबेशिको कामले ।
उहाँलाई सोध त,
यो कहालीलाग्दो रक्ताम्य युग हाम्ले कसरी काट्यौ ?
आँखिझ्याल पनि थुन्थ्यौ, साह्रै डर लाग्थ्यो;
अनी सासले बोल्थ्यौ सान्दिदी, सासले !!!
जनयुद्द, क्रान्तिको ज्वाला भन्थे,
पलपल होमिन उक्साउथेँ;
तर हामी त यसको रापमै जल्यौ, सान्दिदी !
सायद कहिल्यै नथाक्ने घाऊ बटुल्नलाई ।

गामबेशी गर्दै आफ्नो डोकेजीवनका,
पसिना चुहाउने बैशाखहरु यसरी कटे सान्दिदी ।
मनमा अझ थुप्रै पिडा छन,
नथाक्ने घाऊ त कती कती ।
गुनासा अझै बाँकी छन,
तिम्रो बियोग खप्न नसकेर
लालुपाते रुँदैछ,
देउराली सुसेल्दै छ,
चौतारी पर्खिरा’छ ।
एकचोटी गाउँ आउ है, सान्दिदी !!!

8सायरी Empty Re: सायरी 8th September 2010, 8:33 pm

Pracas


Guest
कविता

अक्षर अनी शब्दको,
शब्द अनी शब्दाडम्बरहरुको
सफल सम्मेलन पछी
शक्त चर्चा प्रयास:
षोडशी शर्मालु स्त्रिको,
पूर्ण शशिको, शशिकलाको
शुन्यबाद, शुन्यकाल र शुन्यशान्यको ।
अनी त,
मीठो सम्योजन फेरी
तिनै शब्दशक्तिहरु,
‘अभिधा’, ‘लक्षणा’ र ‘व्यन्जना’ को
र जन्म एउटा:
शषरा तर शरीफ कविताको …
मौन तर चुलबुले कविको …

9सायरी Empty Re: सायरी 8th September 2010, 8:35 pm

Pracas


Guest
जुन

त्यो
चाँदनी रातको
शीतल आभासँग
बिगत कोट्टिएपछी,
मन साह्रै एकोहोरो हुन्छ,
भित्रभित्रै दुख्छ
र यादको अँगेनोमा
मायाको अगुल्टो
हुरहुरी बल्न थाल्छ,
अनी त;
आफैँलाई सिध्याउँछ कि !!!
मलाई अनौठो डर लाग्छ ।
र यो फीक्का जिन्दगीको
अम्मली म,
यसोतसो
घिस्रिने कोसिस गर्छु,
टहलेर त्यही
स्निग्ध, कोमल जुनको
छर्लङग अनुहार …

10सायरी Empty Re: सायरी 28th November 2010, 3:21 pm

aparichit

aparichit
अस्तब्यस्त लथालिङ्ग, कोठा भित्र जिबन पाए
भत्किएको भताभुङ्ग ,कोठा भित्र जिबन पाए
उठदा चूरोट, सुत्दा चुरोट, जता ततै ठुटै- ठुटा
पोखीएको पानी जस्तै ,छताछुल्ल जिबन पाए
अस्तब्यस्त लथालिङ्ग, कोठा भित्र जिबन पाए
...यत्र तत्र फालिएका ,जुठा भाडा मैला लुगा
गनाएको सिरक भित्र ,छरपस्ट जिबन पाए
अस्तब्यस्त लथालिङ्ग ,कोठा भित्र जिबन पाए

11सायरी Empty Re: सायरी 28th November 2010, 3:22 pm

aparichit

aparichit
चुरोट को धुवा भित्र उन्लाई देखे फेरी आज
त्यसैले त गजल लेखे,उन्लाई देखे फेरी आज
बोत्तल खाली हुँदै गयो ,याद बढदै गयो
लर्खराउदै पाइला टेके ,उन्लाई देखे फेरी आज
चुरोट को धुवा भित्र ,उन्लाई देखे फेरी आज

12सायरी Empty Re: सायरी 28th November 2010, 3:23 pm

aparichit

aparichit
मजा लिन होइन उनलाई, भुल्न पिएको
आँफै भित्र हराएर ,झुल्न पिएको
तर अफसोच ! नत पाउन सके ,नत भुल्नै सके
मुस्कान हरु माझ केबल , घुल्न पिएको
आँफै भित्र हराएर ,झुल्न पिएको

13सायरी Empty Re: सायरी 28th November 2010, 3:24 pm

aparichit

aparichit
एउटै कोठा सुतेको त्यो रात अचम्म
घुमाइ घुमाइ गरेको त्यो बात अचम्म
रानी भने, परी भने ,तारिफ गर्नु गरे
जे गरेनी नपग्लने , जात अचम्म
घुमाइ घुमाइ गरेको त्यो बात अचम्म
...जती कोशीस गरेपनी' जितन सकिन
आशा देखाइ गरेको त्यो घात अचम्म
घुमाइ घुमाइ गरेको त्यो बात अचम्म
खुबै भयो चर्तिकला, तर सपना रहेछ !
एक पल भानी सपनाको, त्यो साथ अचम्म
घुमाइ घुमाइ गरेको त्यो बात अचम्म

14सायरी Empty को हुन उनी ? 21st May 2011, 10:54 am

Mr. Poet


Guest
को हुन उनी ?
मेरो मस्तिस्कमा खास उनी ।
मेरो फोक्सो को सास उनी ।
मेरो हृदय को बास उनी ।
मेरो नयन को आसपास उनी ।
.
अब त केवल मेरो सपनामा सन्त्रास उनी ।
अब त मेरो मुटुमा एक हुरी बतास उनी ।
अब त मात्र मेरो जीवनमा लास उनी।
अब त फगत मेरो जीवन को इतिहास उनी ।
आखिर को हुन उनी

Mr. Poet


Guest
बहुत मज्जाले चल्दैछ जीवन

बहुत मज्जाले चल्दैछ जीवन

बोटल छ र त जल्दैछ जीवन

सिद्द्याउनु छ जसरी मैले मलाई

सिद्द्याउनु छ जसरी मैले मलाई

पहरा झै आस्था ले ढल्दै छ जीवन

बोटल छ र त चल्दैछ जीवन



यात्रा जतिनै सानो भएपनी

यात्रा जतिनै सानो भएपनी

लथक्रक्क भई थाकेर गल्दैछ जीवन



जीवन कोही कसैको बगैचा मा फक्रे पनि

जीवन कोही कसैको बगैचा मा फक्रे पनि

फेदबाट मेरो पनि फल्दैछ जीवन

बोटल छ र त जल्दैछ जीवन



तिमी डोलिमा सझिए झै मेरो नै

तिमी डोलिमा सझिए झै मेरो नै

चिताको भरमा बल्दैछ जीवन

बहुत मज्जाले चल्दैछ जीवन

बोटल छ र त जल्दैछ जीवन

Mr. Poet


Guest
अनि त भुत्रो को पर्नु लभ, पर्दै परेन ।।

कालीले I love u, भन्दै भनिन
खैरिनीले झन, गन्दै गनिन
Mexicon ले Hug गरी, गाला सम्म दलेकै हो
थरुनी जस्ती Ethiyopian देख्दा, तेस्रो नेत्र नि बलेकै हो
Department बेग्लै, भेट्नै गारो
त्यस्को English नि, बुझ्नै सारो
मन त बिस्तारै मिल्थ्यो होला, पाईला कसैको सर्दै सरेन ।
अनि त के पर्नु लभ, पर्दै परेन ।।

नेपाली केटीलाई New mexico, थाहै छैन जस्तो छ
Class जाउँ कालो face,बाक्लो जुँगै सस्तो छ
एक दुई वटी Local खैरिनी,आक्कल झुक्कल देखेकै हो
कपडा लाउनै अल्छी गर्छन्, हाम्रो खप्पराँ नि लेखेकै हो
Coffee बोकी skateboard चढ्नेले, खै हाम्लाई के गन्लान् ?
जानै मानेनि चुरोट तान्नेलाई, बा'ले बुहारी कसरी भन्लान् ?
यस्तै सोची खैरिनी ताक्ने, छोराले आँट गर्दै गरेन ।
आँट्न र ढाँट्न नजान्नेको, के पर्नु लभ पर्दै परेन ।।

Gay भन्छन् रे सँगै हिडे, केटासँग हिड्नै नपाइने रैछ
ईज्जतै धान्न नि हात समाई हिड्ने, एउटी तरुनी त चाइने रैछ
Bike को त कुरै छाडौं, car किन्न नि डलर मरु
Hight तन्केन Body फुलेन, बुढेसकालमा खै के गरुँ ?
दिनहुँ नुहाई zatak नै छरे नि
खौरेर दारी, सिनित्तै परे नि
English छाँट्न पर्ने देशमा, नेपाली गफले कामै गरेन ।
अनि त भुत्रो को पर्नु लभ, पर्दै परेन ।।

Sponsored content


View previous topic View next topic Back to top  Message [Page 1 of 1]

Permissions in this forum:
You cannot reply to topics in this forum