भारतले १ सय २२ स्तंभ गायब बनायो !
६ कार्तिक, पर्सा ।
जिल्लास्थित नेपाल-भारत सीमाबाट १२२ स्तम्भ गायब भएका छन् । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयका अनुसार पछिल्लो स्थलगत अध्ययन क्रममा जिल्लास्थित कुल ९ सय ५४ सीमा स्तम्भमध्ये १२२ हराएका हुन् । ५ मुख्य, ४ मझौला र ११३ वटा साना सीमा स्तम्भ हराएका छन् ।
जिल्लामा मुख्य ४७, मझौला ५४ र सानो ८ सय ५३ गरी कुल ९ सय ५४ वटा सीमा स्तम्भ हुनुपर्ने थियो । सशस्त्र प्रहरी उपरीक्षक गणेशबहादुर ठाडा मगरले सबैभन्दा बढी अमरपट्टी गाविसमा ४९ वटा साना, महादेवपट्टी र निर्मलबस्ती गाविसमा २/२ वटा र मिर्जापुर गाविसमा १ वटा गरी ५ वटा ठूला स्तम्भ हराएका छन् ।
अमरपट्टी ५ मा १० गजा क्षेत्रमा मानव बस्ती छ । 'ठोरी गाविसमा भारतीय जनतासँग पानी मुहानको विवाद छ,' उनले भने, 'कतिपय स्थानमा घरको आँगनमा समेत सीमा स्तम्भ रहेको पाइएको छ ।' हराएका तथा जीर्ण सीमा स्तम्भबारे प्रजिअको निर्देशन लिएर मर्मत र सीमा विवाद समाधानको प्रयास पनि आफूले निरन्तर जारी राखेको उनले बताए । भारतले कतिपय स्थानमा दशगजामा अस्पताल, विद्यालय, सार्वजनिक बाटो तथा अन्य सार्वजनिक संरचनासमेत निर्माण गरेको पाइएको छ ।

सिर्सिया गाविसस्थित सीमामा भारतको नुनियाडिह गाउँ पञ्चायतको ठूलो अहिरा र रक्सौल ७ मा भारतीयले दशगजामा घर बनाएका छन् । रक्सौलको सुन्दरपुरमा भारतले दशगजा मिची कुष्ठरोग अस्पताल निर्माण गरी अस्पताल सञ्चालन गरेको छ भने त्यहाँ पशुपालनसमेत गरिएको छ ।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयले सीमा स्तम्भहरूको संरक्षण र रेखदेखका साथै समयसमयमा उत्पन्न हुने २ देशका नागरिकबीचको विवाद समाधान, सीमा र सीमा स्तम्भको रेखदेख तथा स्थानीय जनतामा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने कामलाई समेत प्राथमिकतामा राखेको उनी बताउँछन् ।
(कान्तिपुर)

फोटोको लागि तल क्लिक गर्नुहोस्