Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification
WELCOME !!

Please Register, ask for assignment solutions & post the solutions if you know any.

LETS START POSTING YOUR IDEAS AND THOUGHTS AND BUILD THE COMMUNITY OF EXPERTS.

Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification
WELCOME !!

Please Register, ask for assignment solutions & post the solutions if you know any.

LETS START POSTING YOUR IDEAS AND THOUGHTS AND BUILD THE COMMUNITY OF EXPERTS.

Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification

Stock Market, Online Tutoring, Cloud Based ERP System, Microsoft Dynamics Reporting, Microsoft Nav Certification


You are not connected. Please login or register

View previous topic View next topic Go down  Message [Page 1 of 1]

Formatted

Formatted
Administrator

८ कार्तिक, काठमाडौं ।
नेपालको किर्तीमान । सागरको गोल विश्व फुटबल इतिहासकै उत्कृष्ट ठहर

नेपाली फुटवलका कप्तान सागर थापाले ७ औं साफ च्याम्पियनसिपमा गरेको गोल विश्व फुटवल इतिहाँसकै उत्कृष्ठमा सुचिकृत भएको छ । साफको क्वाटर फाइनलमा बंगलादेशविरुद्ध सागरले फ्रिकिकबाट गरेको गोल फिफाले २० औं सनसनीपूर्ण गोलमा सुचिकृत गरेको छ ।

साफ च्याम्पियनसिपको अफिसियल फेसबुकले बिहीबार थापाको सनसनीपूर्ण फ्रि किक गोल फुटबल इतिहासमै २० स्थानमा परेको उल्लेख गरेको छ । भारतको राजधानी नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु रंगशालामा दुई वर्षअघि खेलको अन्तिम मिनेटमा नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान थापाले फ्रि किकमा गरेका उक्त गोल फिफाको उक्त हप्ताको उत्कृष्ठ ५ गोलको सुचिमा समेत राखिएको थियो ।

नेपालले सागरको त्यही गोलको मद्दतले १२ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनलसम्म यात्रा गरेको थियो । ३५ यार्ड टाढाबाट फ्रि(किकमा सेकेन्ड बार च्याप्दै प्रहार गरेको बल सुन्दर गोलमा परिणत भएको थियो।

नयाँदिल्लीमा सागरले गरेको गोललाई धेरैले सन् २००२ को वर्ल्डकपको क्वाटरफाइनलमा इङल्यान्डविरुद्ध ब्राजिलका रोनाल्डिन्होले गरेको गोलसँग दाँजिएको बताइन्छ । साफ च्याम्पियनसिपको फेसबुकले समेत थापालाई रोनाल्डिन्होसँग तुलना गरेको छ ।

'रोनाल्डिन्होले सबै कुरा गर्न सक्छन्, त्योभन्दा राम्रो सागर थापाले गर्छन्। यस कुरामा सहमत हुनुहुन्छरु', साफ च्याम्पियनसिपको फेसबुकमा प्रश्न गरिएको छ । सम्भवतः नेपाली फुटबल इतिहासमा गोलका कारण खेलाडीले विश्वस्तर स्तरमा चर्चा पाएको त्यो पहिलो थियो ।
खेलपछि भएको पत्रकार सम्मेलनमा बंगलादेशी प्रशिक्षक निकोला इलिएभ्स्कीले सागरको गोललाई 'एक जुनीमा हुने एक गोलु को संज्ञा दिएका थिए। अहिले युटुबुमा धेरै सर्च हुनेमध्येको गोल सागरको पनि पर्छ ।
फोटो/ भिडियोको लागि तल क्लिक गर्नुहोस्

http://kantipur.friendhood.net

Formatted

Formatted
Administrator

http://kantipur.friendhood.net

Formatted

Formatted
Administrator
नेपालको किर्तीमान । सागरको गोल विश्व फुटबल इतिहासकै उत्कृष्ट ठहर  Goal10

http://kantipur.friendhood.net

Sponsored content


View previous topic View next topic Back to top  Message [Page 1 of 1]

Permissions in this forum:
You cannot reply to topics in this forum