Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification
WELCOME !!

Please Register, ask for assignment solutions & post the solutions if you know any.

LETS START POSTING YOUR IDEAS AND THOUGHTS AND BUILD THE COMMUNITY OF EXPERTS.

Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification
WELCOME !!

Please Register, ask for assignment solutions & post the solutions if you know any.

LETS START POSTING YOUR IDEAS AND THOUGHTS AND BUILD THE COMMUNITY OF EXPERTS.

Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification

Stock Market, Online Tutoring, Cloud Based ERP System, Microsoft Dynamics Reporting, Microsoft Nav Certification


You are not connected. Please login or register

View previous topic View next topic Go down  Message [Page 1 of 1]

Formatted

Formatted
Administrator

३ कार्तिक, काठमाडौं ।
प्रहरी जवानलाई खुट्टा धुन लगाएको तस्विर सार्वजनिक भएपछि आलोचित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीले ईमान धर्म नबुझ्ने पत्रकार र संचार माध्यमले समाचार बंग्याएर समाचार प्रकाशन गरेको आरोप लगाउनुभएको छ ।
कार्कीले हालै गोरखकाली मन्दिरमा प्रहरी जवानले आफ्नो गोडा धोएको भन्दै प्रकाशित फोटोमाथि समेत टिप्पणी गर्दै प्रहरी जवानले खुट्टा नधोएको दावी गर्नु भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान अयोगको फेसबुक पेजमा आफ्नो नाममा अपिल प्रकाशित गर्दै कार्कीले मन्दिर दर्शन गरी र्फकँदा लागेको रगत धुन खोज्दा शारीरिक अवस्था र साँगुरो ठाउँका कारण मात्र प्रहरी जवानले माथिबाटै पानी राखिदिएको बताउनुभएको छ ।
अपिलमा उल्लेख छ ‘म मन्दिर नर्शन गरी बाहिर निष्कँदा गोडाको रगत लागेको हुँदा गोडा धुन खोन्दा मेरो शारीरिक अवस्था र साँगुरो ठाउँका कारण असजिलो भएको देखेर पानीको जग लिएर एक प्रहरी जवानले मेरो खुट्टा नछोई माथिबाटै पानीसम्म हाली सहयोग गरेको बास्तविकतालाई मेरो व्यक्तिगत चरित्रमा आँच आउने गरी फोटो र समाचार प्रकाशन गरेको पाइयो’ कार्कीले लेख्नुभएको छ ।

कार्की बारेको यो तस्विर पहिलो पटक कान्तिपुर दैनिकमा प्रकाशित भएको थियो । कान्तिपुरको नाम उल्लेख नगरेपनि कार्कीले केही सञ्चार माध्यम विभिन्न वहानामा आफ्नो चरित्र हत्या गर्ने प्रयासमा विगत देखी लागेको भन्दै अहिले आएर आफुले मुख खोल्न बाध्य भएको उल्लेख गर्नुभएको छ ।
आफुले सामन्ती प्रवृत्ति नदेखाएको भन्दै कार्कीले आफु बिरुद्धको गलत समाचार बुझ्न आग्रह समेत गर्नुभएको छ ।
यस्तो छ कार्कीले अख्तियार दुरुपयोग अनुसन्धान अयोगको फेसबुकमा लेख्नुभएको अपिल

http://kantipur.friendhood.net

Formatted

Formatted
Administrator
अपिल

हालै गोरखकाली मन्दिर दर्शन गर्दाको विषयलाई लिएर अनावश्यक सनसनीपूर्ण बनाई केही पत्रिकाहरुमा प्रकाशित समचार प्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ । म मन्दिर दर्शन गरी बाहिर निष्कदा गोडामा रगत लागेको हुँदा गोडा धुन खोज्दा मेरो शारिरिक अवस्था र सागुरो ठाँउको कारण असजिलो भएको देखेर पानीको जग लिएर एक प्रहरी जवानले मेरो खुट्टा नछोई माथीबाटै पानी सम्म हाली सहयोग गरेको वास्तविकता लाई मेरो व्यक्तिगत चरित्रमा आच आउने गरी उक्त फोटो र समाचार प्रकाशन गरेको पाईयो ।
केही संचार माध्यमहरुले बिगतमा बिभिन्न वहाना बनाई मेरो चरित्र हत्या गर्ने दुष्प्रयास गरेको सर्वविदितै छ। तर विगतको मेरो मौनतालाई सम्भवतः कमजोरी ठान्दै ति पत्रिकाहरुले पुनः एकपटक मेरो चरित्र हत्या गर्ने अर्को दुष्प्रयास गरेको यथार्थ आम दाजुभाई दिदिबहिनीमा अवगत गराउन आवश्यक ठानेको छु ।

वस्तुतः खुट्टामा पानी खन्याएको उक्त तस्विरमा देखिएको दृश्य र समाचारमा उतारिएका शब्दहरु बीच कुनै तालमेल छैन् ।यो नितान्त रुपमा चरित्र हत्या र म बिरुद्धको षडयन्त्रको नयाँ श्रृखला मात्र हो ।भष्टाचारी विरुद्धको हालसालैको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सक्रियता विरुद्ध केही समय देखी केही पत्रिकाहरु लागेको कुरा सर्वविदितै छ ।

रचनात्मक, तथ्यपरक र व्यवसायिक पत्रकारिता प्रति मैले सदैब उच्च सम्मान गरि आएको छु । पत्रकारिताका आवरणमा कसैको पनि जीवन चरित्र माथि धावा बोल्नु पीत पत्रकारीताको पराकाष्ठ हो । यस पृष्ठभूमीमा मेरा सन्दर्भमा बदनियत पूर्वक तस्विर र समाचार प्रकाशित गर्ने सम्बद्ध पत्रकार र संचार माध्यमहरुको व्यवसायिक धर्म, निष्ठा र चरित्रका बारे आम पत्रकार जगत र नेपाली दाजुभाई दिदी बहिनिहरुबाटै वस्तुनिष्ठ मूल्यांकन हुन जरुरी छ ।

आफूले झुठ बोलेकोमा गर्व गर्ने त्यस्ता पत्रकार र पत्रिकाको आसय र स्तर सबैले बुझ्न जरुरी छ । प्रहरीको भूमीका प्रति म पूर्ण सचेत छु । मैले कुनै पनि किसिमले सामन्ती प्रवृती देखाएको छैन र आसय पनि छैन ।मैले सम्पूर्ण जीवन सेवा र सद्कर्ममै बिताउने प्रयास गरेको छु । प्रहरी होस् वा कोही कसैबाट अनुचित फाईदा लिएको छैन ।मन्दिर दर्शन पश्चात म जुन अवस्थामा थिएँ, त्यस्तो अवस्थामा कोही पनि भएको भए निजको खुट्टामा पानी खन्याईदिन मलाई कुनैपनि आपत्ति हुने थिएन । त्यस्तो हास्यासपद समाचार प्रकाशन तथा पीत पत्रकारीताको पराकाष्ठ प्रदर्शन मार्फत गरिएको व्यक्ति विरोधले त्यस्ता पत्रकार र संचार माध्यम प्रति सधै साबधान रहन सचेत गराएको छ ।

जसरी भए पनि बान्गोटिङो समाचार बनाएर विजय हासिल गरेको अनुभूत गर्ने र आफ्नो ईमान धर्म नबुझ्ने पत्रकार र संचार माध्यमले प्रकाशन गरेको समचार प्रति आम दाजुभाई तथा दिदी बहिनीहरुले निष्पक्ष मूल्यांकन गरिदिनुहुन बिनम्र अपिल गर्दछु ।

अन्त्यमा, भष्टाचार विरुद्धको मेरो अभियानमा खुलेर सहयोग गर्न आम दाजुभाई तथा दिदिबहिनीहरुलाई आग्रह गर्दछु ।

लोकमान सिंह कार्की
(प्रमुख आयुक्त)
अख्तियार दुरुपयोग अनुसन्धान आयोग
मितिः २०७०।०७।०३
प्रहरीलाई खुट्टा धुवाएको तस्विरबारे लोकमानले भने:'ईमान धर्म नबुझ्ने पत्रकारले बान्गोटिङो समाचार बनाए'  Pho10



Last edited by Formatted on 21st October 2013, 1:05 am; edited 1 time in total

http://kantipur.friendhood.net

Formatted

Formatted
Administrator
प्रहरीलाई खुट्टा धुवाएको तस्विरबारे लोकमानले भने:'ईमान धर्म नबुझ्ने पत्रकारले बान्गोटिङो समाचार बनाए'  Pol10

http://kantipur.friendhood.net

Sponsored content


View previous topic View next topic Back to top  Message [Page 1 of 1]

Permissions in this forum:
You cannot reply to topics in this forum