राष्ट्र बैंकको पत्रपछि एनबी बैंकमा अध्यक्ष परिवर्तन
काठमाडौं, ७ भ दौ-नेपाल बंगलादेश बैंक (एनबी) सञ्चालक समितिमा बिहीबार फेरबदल भएको छ । एनबी समूहबाट प्रतिनिधित्व गर्ने अध्यक्ष र सञ्चालकले राजीनामा दिएपछि हेरफेर भएको हो ।
बैंक अध्यक्षमा शम्भुशरणप्रसाद कायस्थ चयन भएका छन् । अध्यक्ष डा. पुष्पराज राजकर्णिकारले बिहीबार राजीनामा दिएलगत्तै कायस्थलाई नियुक्त गरिएको हो । कायस्थ असार २४ सम्म राष्ट्र बैंकमा सञ्चालक थिए ।
अध्यक्षबाट राजीनामा दिएपछि राजकर्णिकारले वित्तीय क्षेत्रको काम र जोखिमलाई बढी ध्यान दिनुपर्ने भए पनि विभिन्न कारणले त्यसअनुरूप काम गर्न नसकेका कारण राजीनामा दिएको बताए ।
एनबी समूहका सञ्चालक लक्ष्मीबहादुर श्रेष्ठले पनि बिहीबार राजीनामा दिएका छन् । यी दुबै एनबी समूहका तर्फबाट बैंकमा सञ्चालक भएका हुन् । बैंकमा एनबी समूहको २६ प्रतिशत स्वामित्व छ । बैंकभित्र र राष्ट्र बैंकको दबाबपछि दुवैले राजीनामा दिएका हुन् ।
समूहका तर्फका सञ्चालक हटेपछि बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकलाई अझ व्यावसायिक र सशक्तरूपमा अघि बढाउन सहयोग हुने प्रतिक्रिया दिए ।
राष्ट्र बैंकले सञ्चालक समितिलाई ५ लाख रुपैयाँ जरिवाना गरी कारबाही किन नगर्ने भन्दै १५ दिने स्पष्टीकरण सोधेपछि उनीहरूले एक दिनअघि राजीनामा दिएका हुन् । केही सञ्चालकको जवाफ आए पनि केहीको अझै बाँकी छ । राष्ट्र बैंकलाई जवाफ दिन बैंकका बंगलादेशी साझेदारतर्फका दुई सञ्चालक काठमाडौं आइपुगेका छन् । बैंकका अन्य सञ्चालकमा विष्णुराज अधिकारी र इन्द्रबहादुर थापा छन् । अधिकारी यसअघि नै कर्जा सूचना केन्द्रको कालोसूचीमा परिसकेका व्यक्ति हुन् । उनीहरू सबैले शुक्रबारसम्म जवाफ दिनुपर्नेछ ।
अघिल्लो आर्थिक वर्ष ०६७÷६८ को वार्षिक प्रतिवेदन स्वीकृत गर्दा दिइएका ‘कैफियत’ पालना नगरेको आरोप बैंकमाथि छ । गत वर्ष कार्यान्वयन गर्न भनिएका विषय सम्बोधनै नगरी हतारमा ०६८÷६९ को वार्षिक प्रतिवेदन लिएर गएपछि राष्ट्र बैंक रुष्ट भएको हो ।
एनबीले बैंक सुधार भएकाले छिट्टै साधारणसभा गर्ने उद्देश्यका साथ प्रारम्भिक समीक्षाका लागि वार्षिक प्रतिवेदन राष्ट्र बैंक पठाएको थियो ।
राष्ट्र बैंकले स्पष्टीकरणमा कैफियत पालना, अपलेखन पद्धति, बैना रकम फिर्ता र सानेपास्थित पद्म सिनेमा हललाई दिइएको ऋण असुलीबारे प्रश्न उठाएको छ । बैंकले गत वर्ष ४२ करोड रुपैयाँ बराबरको कर्जा अपलेखन गरेको थियो ।
सिनेमा हलका ऋणी रवीन्द्रमान सिंहलाई दिइएको ऋण बैंकले गैरबैंकिङ सम्पत्तिका रूपमा सकार गरिसकेको छ । सिंहले भने बैंकले आफूलाई अन्यायमा पारेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्र बैंकमा उजुरी गरेका थिए ।
२ अर्ब ९३ लाख ९६ हजार चुक्ता पुँजी रहेको बैंकको सञ्चित कोषमा ८३ करोड ८० लाख रुपैयाँ छ । यो अवधिमा बैंकले १६ अर्ब ९५ करोड निक्षेप संकलन गरी १० अर्ब ९४ करोड कर्जा प्रवाह तथा ३ अर्ब ८६ करोड ९० लाख लगानी गरेको छ । गत आवमा ७० करोड २९ लाख खुद नाफा देखाएको बैंकको पुँजीकोष १३.३१ प्रतिशत छ ।
अघिल्लो वर्षको वित्तीय विवरणमा ४१ करोड ५५ लाख खुद नाफा देखाएको भए पनि पछि राष्ट्र बैंकको सुपरिवेक्षणपछि १३ करोड ८१ लाख घाटा देखिएको थियो ।
यसैबीच, राष्ट्र बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले रारा विकास बैंक, अपी फाइनान्स र रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स; पु्रडेन्सियल फाइनान्स र गोरखा फाइनान्स तथा काठमाडौं फाइनान्स र सिभिल मर्चेन्ट वित्तीय संस्थालाई आपसमा गाभिन सहमति दिएको छ ।