यस्तो पनि हुँदो रहेछ, आन्दोलनले ग्यास उद्योगीको अधिकार थपिएन बरु गुम्यो
काठमाडौ । ग्यास उद्योगीले आन्दोलन गरेर आफ्नो अधिकार थप गुमाएका छन् । सरकारसँग १६ बुँदे माग राखेर आन्दोलनमा उत्रिएका ग्यास उद्योगीसँग मंगलबार राती भएको सहमति अनुसार ग्यास पाउन अब उद्योगीले सुरक्षा मापदण्ड समेत बलियो बनाउनुपर्नेछ । नौं बुँदे सहमतिमा ग्यासको कोटा निर्धारण गर्दा बोटलिङ प्लान्टको सुरक्षालाई समेत आधार बनाइने उल्लेख छ । यसअघि सिलिन्डर संख्याको आधारमा ग्यासको कोटा निर्धारण हुँदै आएको थियो ।पहिला सिलिन्डर संख्याको आधारमा ग्यासको कोटा निर्धारण हुन्थ्यो, निगमका एक अधिकारीले भने, आन्दोलनपछि अब सुरक्षामा अब्बल मानिएका र उद्योगको क्षमताको आधारमा कोटा निर्धारण हुनेछ । यसअघि निगम र ग्यास उद्योगीको मिलेमतोका आधारमा कोटा निर्धारण हुँदै आएको थियो । उद्योगीले निगमका अधिकारीलाई रिझाएको आधारमा कोटा निर्धारण हुने प्रचलन थियो ।