नेपालमा अहिले गाइजात्रा होइन भैँसीजात्रा चलिरहेको छ। एउटा आलंकारिक राष्ट्रपति, जसको कुनै कार्यकारी अधिकार छैन, उसले संविधानसभा जस्तो सार्वभौमसत्ता सम्पन्न निर्वाचित सरकारले गरेको निर्णयविरुद्ध जाने? राजतन्त्रलाई फर्काउने खेलमा उद्यत प्रधान सेनापतिलाई सरकारले कार्वाही गर्दा आफ्नो अधिकारबाहिर गएर बचाउने राष्ट्रपति रामवरण यादवको कदम राजनीतिक अर्थमा कू नै हो। यो नेपालमा बेबी किङ् ब्युँताउने, अस्थिरता श्रृजना गर्ने, अग्रगमनकारी परिवर्तनलाई तहसनहस पार्ने भारतीय खेल हो। आफू सानो छँदा भैँसी चढेको तर आज गणतन्त्र नेपालका प्रथम राष्ट्रपति बन्न पाएकोमा गर्व लागेको बताउने यादवले आफ्नो मानमर्यादा त बिर्से नै त्यसमाथि उनमा भारत, नेपाली सेना र दक्षिणपन्थीहरूको गोटी भएको कलंक थपिएको छ। अत्यन्त व्यस्तताका कारण लेखको सट्टा तस्वीर व्यंग्यमार्फत् यो कर्तुतलाई चित्रण गर्न कोशिश गरेको छु।
WELCOME !!
Please Register, ask for assignment solutions & post the solutions if you know any.
LETS START POSTING YOUR IDEAS AND THOUGHTS AND BUILD THE COMMUNITY OF EXPERTS.