काठमाडौँ, साउन २४- क्यामेरा किन्दा हामी धेरै जसोले कति एमपी (मेगापिक्सेल)को क्यामेरा हो भनी हेर्ने गर्छौँ। जति बढी मेगापिक्सेलको क्यामेरा भयो, त्यति त्यसले खिचेका फोटो स्पष्ट हुने गर्छ।
तपाईँले बढीमा कति मेगापिक्सेलसम्मको फोटो हेर्नुभएको छ ? गिगापिक्सेल नि ?
२८१ गिगापिक्सेलको एउटा फोटो अहिले इन्टरनेटमा हेर्न सकिन्छ। भर्चुअल नानोस्कोपी प्रविधि प्रयोग गरी यो फोटो तयार पारिएको हो।
१.५ मिलिमिटरको जेब्राफिसको भ्रुणको यो फोटोमा २६ हजारभन्दा बढी युनिक इमेजहरु छन् र प्रति इञ्च १ करोड ६० लाख पिक्सेल छन्। यसको अर्थ जति ठूलो पारी जुम गर्दा पनि फोटो स्पष्ट देखिन्छ। अर्थात् फोटोका सानाभन्दा साना कुरालाई पनि ठूलो पारेर प्रष्ट हेर्न सकिन्छ।
जर्नल अफ सेलुलर बायोलोजीले यसै साता यो फोटोलाई अनलाइनमा राखेको हो। यसलाई राख्न जर्नलले आफ्नो डाटा भ्युअर टूललाई नै नयाँ किसिमले राख्नु परेको थियो।
ज्यादै ठूलो फोटो भएकोले अधिकांशको कम्प्युटरमा यो नखुल्न सक्छ। तर तपाईँ तलको लिङ्कमा क्लिक गर्दै जुम गर्दै हेर्नसक्नुहुन्छ यो २८१ गिगापिक्सेलको फोटो-
[Only admins are allowed to see this link]