Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification
WELCOME !!

Please Register, ask for assignment solutions & post the solutions if you know any.

LETS START POSTING YOUR IDEAS AND THOUGHTS AND BUILD THE COMMUNITY OF EXPERTS.

Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification
WELCOME !!

Please Register, ask for assignment solutions & post the solutions if you know any.

LETS START POSTING YOUR IDEAS AND THOUGHTS AND BUILD THE COMMUNITY OF EXPERTS.

Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification

Stock Market, Online Tutoring, Cloud Based ERP System, Microsoft Dynamics Reporting, Microsoft Nav Certification

Similar topics

You are not connected. Please login or register

View previous topic View next topic Go down  Message [Page 1 of 1]

Formatted

Formatted
Administrator

प्रचण्ड एनआरएन बिवाद । प्रचण्डको प्रश्न-'वलिदानी गर्ने बेला पलायन हुने अहिले ठूला कुरा गर्ने ?'
५ कात्तिक, काठमाडौं । गैरआवासीय नेपालीहरुको विश्व सम्मेलनमा एमाओवादीका अध्यक्ष प्रचण्ड र केही सहभागीबीच द्वन्द्वकालीन घटनालाई लिएर चर्काचकी भएको छ । चर्काचर्की गर्नेहरुलाई जवाफ दिँदै प्रचण्डले आफूले गल्ती गरेको भए फाँसीमा लड्कन तयार रहेको बताउनुभएको छ ।

कांग्रेस समर्थित सहभागीले १७ हजार गरिव जनता मारेर शक्तिमा आएको भन्दै त्यसको जिम्मेवारी लिनुहुन्छ  त्यो रगतको मूल्य के ? भनी प्रश्न गरेका थिए । जवाफमा प्रचण्डले देशमा वलिदानी गर्ने बेला पलायन हुने अनि अहिले आएर ठूला कुरा गर्ने ? भनी प्रतिप्रश्न गर्नुभएको छ ।

विश्व सम्मेलनको अन्तिम दिन मंगलबार प्रमुख दलका शीर्ष नेताहरुलाई इकोनोमिक एजेण्डा फर पोर्सपरस नेपालका विषयमा बोल्न बोलाइएको थियो । प्रचण्डको सम्बोधनपछि सुरु भएको प्रश्नोत्तर कार्यक्रममा सहभागीहरुले प्रचण्डलाई १० वर्ष सशस्त्र द्वन्द्वका विषयमा प्रश्न राखेपछि माहोल तनावपूर्ण बनेको थियो ।

यसले एनआरएनको यो सम्मेलनमा दलीय गुटबन्दीलाई स्पष्ट पारेको छ । नयाँ नेतृत्व चयन प्रक्रियामा एमालेले अध्यक्षका प्रत्यासी तेन्जी शेर्पालाई आफ्नो उम्मेदवार तोक्दै मतदानका लागि हृवीप नै जारी गरेको थियो । अध्यक्षका तीन प्रतिपर्धीले उम्मेदवारी फिर्ता लिए पनि शेर्पाले नमानेपछि एनआरएनको १० वर्षे इतिहासमा पहिलो पटक अध्यक्ष पदका लागि मतदान भएको थियो । यद्यपि अष्ट्रेलियामा व्यवसाय गर्दै आएका शेष घले भारी मतले विजयी हुनु भएको छ ।

अमेरिकाबाट सहभागी दर्शन रौनियारले प्रचण्ड १७ हजार गरिव जनता मारेर शक्तिमा आएको भन्दै त्यसको जिम्मेवारी लिनुहुन्छ रु त्यो रगतको मूल्य के रु देशले के पायो रु जस्ता प्रश्न गर्नुभएको थियो । त्यसपछि सम्मेलनमा हल्लीखल्ली सुरु भएको थियो ।

बेल्जियमबाट आएकी सीता सापकोटाले पनि लडाकू शिविरको भ्रष्टाचारलगायतको प्रश्न उठाएपछि प्रचण्डका सार्मथकहरुले विरोध गरेका थिए भने केहीले प्रचण्डविरुद्ध हुटिङ नै गरेका थिए । पछि एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतो र निवर्तमान अध्यक्ष जीवा लामिछानेले स्थिति साम्य पार्नुभएको थियो । महतोले राजनीतिक विषयमा कुरा गर्ने भए हलबाट बाहिर जानसमेत प्रतिनिधिहरुलाई चेतावनी दिनुभएको थियो ।

प्रचण्डको जवाफ
स्थिति साम्य भएपछि जवाफ दिएका प्रचण्डले कसले कति मान्छे मार्‍यो भनेर खोज्ने हो भने कांग्रेस, राजा महाराजा, सुरक्षाकर्मीले कति मार्‍यो भनेर खोज्ने हो भने शान्ति प्रक्रिया भाँडिने बताउनु भयो । ‘हिजोका घटनाबारे टीआरसी (सत्य निरुपण आयोग० बनाएर छलफल गरौं भनेका छौं, भोलि मैले नै गल्ती गरेको प्रमाणित भए म फाँसीमा पस्न तयार छु । तर, हिजो मैले जे जे गरेँ, त्यसको नैतिक जिम्मेवारी लिन तयार छु ।’

माओवादीको ठूलो बलिदानीपछि आजको परिर्वतन सम्भव भएको भन्दै देशमा वलिदानी गर्ने बेला पलायन हुने अनि अहिले आएर ठूला कुरा गर्ने रु भनी प्रश्न गर्नु भएको थियो ।
फोटोको लागि तल क्लिक गर्नुहोस्

http://kantipur.friendhood.net

Formatted

Formatted
Administrator
प्रचण्ड एनआरएन बिवाद । प्रचण्डको प्रश्न-'वलिदानी गर्ने बेला पलायन हुने अहिले ठूला कुरा गर्ने ?'  Pracha10

http://kantipur.friendhood.net

Formatted

Formatted
Administrator
प्रचण्ड एनआरएन बिवाद । प्रचण्डको प्रश्न-'वलिदानी गर्ने बेला पलायन हुने अहिले ठूला कुरा गर्ने ?'  Nrn_110

http://kantipur.friendhood.net

Sponsored content


View previous topic View next topic Back to top  Message [Page 1 of 1]

Permissions in this forum:
You cannot reply to topics in this forum