बागलुङ - पर्वतको लेखाफाँट गाविसमा यात्रुबाहक जीप दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ। पर्वतकै साजिलाबाट पर्वत वेनी आउँदै गरेको ग १ त ५१२० नम्बरको जीप लेखाफाँटको लौलाप्रा कुइनेटा घुम्तीमा आज दुर्घटना हुँदा आठ जनाको घटनाास्थलमै मृत्यु भएको हो। दुई जना उपचारको लागि बेनी लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ।दुर्घटनामा जीप चालक पृथ्वी पुन मगर सहित १० यात्रुको मृत्यु भएको भए पनि अन्यको सनाखत हुन नसकेको घटनास्थल पुगेका प्रहरी जवान छबी श्रेष्ठले बताए। चार घाइतेलाई उपचारका लागि म्याग्दी सदरमुकाम बेनी लगिएको छ।
WELCOME !!
Please Register, ask for assignment solutions & post the solutions if you know any.
LETS START POSTING YOUR IDEAS AND THOUGHTS AND BUILD THE COMMUNITY OF EXPERTS.