Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification
WELCOME !!

Please Register, ask for assignment solutions & post the solutions if you know any.

LETS START POSTING YOUR IDEAS AND THOUGHTS AND BUILD THE COMMUNITY OF EXPERTS.

Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification
WELCOME !!

Please Register, ask for assignment solutions & post the solutions if you know any.

LETS START POSTING YOUR IDEAS AND THOUGHTS AND BUILD THE COMMUNITY OF EXPERTS.

Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification

Stock Market, Online Tutoring, Cloud Based ERP System, Microsoft Dynamics Reporting, Microsoft Nav Certification


You are not connected. Please login or register

View previous topic View next topic Go down  Message [Page 1 of 1]

1Nagarik News Asoj 25 Empty Nagarik News Asoj 25 11th October 2013, 12:57 pm

Formatted

Formatted
Administrator
चुनौती बन्दै प्रहरीभित्र आत्महत्या wrote:
सुर्खेत- बिहीबार बिहान झिसमिसेमा दैलेख जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान कमलप्रसाद शर्माले आफ्नै हाकिम हेमराज भट्टलाई कन्चटमा गोली प्रहार गरी हत्या गरे। त्यसको केही बेरपछि उनी आफैंले आत्महत्या गरे।

चुनावी सुरक्षा सबैको चासो बनिरहेका बेला दैलेखमा भएको घटनाले सबैको ध्यान खिच्यो। यद्यपि, नेपाल प्रहरीभित्र हत्या र आत्महत्याको यो घटना नौलो होइन। जनताको सुरक्षाको जिम्मेवारी लिएको प्रहरीभित्र पछिल्लो समय भएको घटनाले चुनौती थपिएको छ।
गत पुस ५ गते कालिकोट जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार रामबहादुर पालले टाउकोमा गोली प्रहार गरी आत्महत्या गरे। २०६८ साउन १ गते सुर्खेत जिल्ला कारागारमा सुरक्षार्थ खटिएका प्रहरी जवान जुमानसिंह थापाले पनि त्यसैगरी आत्महत्या गरेका थिए।
आत्महत्यालाई नेपालको कानुनले अपराध मानेको छ। तर, प्रहरी नै यो अपराधमा संलग्न देखिन्छन्। प्रहरी प्रधान कार्यालयको अभिलेखअनुसार २०६१ यता ६७ प्रहरीले आत्महत्या गरेका छन्। यसरी आत्महत्या गर्नेमा डिएसपी दुई, सई दुई, असई १०, हवल्दार आठ र प्रहरी जवान ४५ छन्।
प्रहरीभित्र आत्महत्याका घटना बढे पनि त्यसको कारण खोजी गरी न्युनीकरणतर्फ ध्यान दिएको पाइँदैन। यसले गर्दा आत्महत्याका घटना दोहोरिने गरेको प्रहरी अधिकृतहरू बताउँछन्। ‘अब गहिरो अध्ययन अनुसन्धान गर्नुपर्ने देखिएको छ,’ मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयबाट दैलेख घटना अध्ययन गर्न गएका डिएसपी नरेशमान श्रेष्ठ भन्छन्, ‘विगतका घटनामा अनुसन्धान भएको पाइँदैन।’
सुर्खेत कारागारमा आत्महत्या घटना हुँदा जिल्ला प्रहरी प्रमुख रहेका एसपी गोविन्दराम परियार नेपाल प्रहरीमा ‘कामको चाप र तनाव’ बढी हुने भएकाले यस्ता घटना हुने गरेको बताउँछन्। ‘यस्ता घटना न्युनीकरण गर्न ‘वर्क आवर’ अनुसार काम र ‘सिफ्ट प्लान’ अनुसार ड्युटी व्यवस्थापन गर्नुपर्छ,’ उनको भनाइ छ, ‘यसमा ध्यान दिन सकियो भने आत्महत्याजस्तो अपराध अन्त्य हुन्छ।’
सुर्खेत कारागारमा आत्महत्या गरेका थापा केही दिनदेखि मानसिक तनावमा रहेका प्रहरीले तत्कालीन अवस्थामा प्रतिक्रिया दिएको थियो। ‘दैलेख घटनामा पनि केही दिनदेखि मानसिक तनावमा रहेका प्रहरी जवान शर्माले दुई दिन बिदा माग्दा नपाएको देखियो,’ प्रहरी स्रोतले भन्यो, ‘त्यही तनावले उनले हाकिमको हत्या गरी आफूले पनि आत्महत्या गरेका हुन सक्छन्।’
नेपाल प्रहरीभित्र भएका आत्महत्यामध्ये दैलेख घटना फरक छ। पेसागत रूपमा प्रहरी निरीक्षक भट्टका सबैभन्दा नजिकका विश्वासपात्र प्रहरी जवानले नै उनको हत्या गरे। यसले सुरक्षाका लागि खटिने अंगरक्षकमाथि पनि प्रश्न उब्जाएको छ। 
अघिल्लो संविधानसभा निर्वाचनमा सुर्खेत–१ बाट उम्मेदवार बनेका एमालेका ऋषिप्रसाद शर्माको २०६४ चैत २६ गते उनकै अंगरक्षक मोतीलाल विकले पेस्तोल प्रहार गरी हत्या गरेका थिए। उनी अहिले सुर्खेत कारागारमा सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका छन्।
सुरक्षाको लागि खटिएका विश्वासपात्रको मिलेमतोमा २०५५ फागुन २१ गते रुकुममा पनि एमाले नेता यदु गौतमको हत्या भएको थियो। २०५६ को संसदीय निर्वाचनमा उम्मेदवार बनेका गौतमको साथमा रहेका एमाले कार्यकर्ताहरु तत्कालीन भूमिगत माओवादीसँग मिल्दा उनको हत्या भएको एमालेले दाबी गर्दै आएको छ।
भिडिओ हेर्न तल क्लिक् गर्नुहोला

http://kantipur.friendhood.net

View previous topic View next topic Back to top  Message [Page 1 of 1]

Permissions in this forum:
You cannot reply to topics in this forum