प्रहरी जवानलाई खुट्टा धुन लगाएको तस्विर सार्वजनिक भएपछि आलोचित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीले ईमान धर्म नबुझ्ने पत्रकार र संचार माध्यमले समाचार बंग्याएर समाचार प्रकाशन गरेको आरोप लगाउनुभएको छ ।
कार्कीले हालै गोरखकाली मन्दिरमा प्रहरी जवानले आफ्नो गोडा धोएको भन्दै प्रकाशित फोटोमाथि समेत टिप्पणी गर्दै प्रहरी जवानले खुट्टा नधोएको दावी गर्नु भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान अयोगको फेसबुक पेजमा आफ्नो नाममा अपिल प्रकाशित गर्दै कार्कीले मन्दिर दर्शन गरी र्फकँदा लागेको रगत धुन खोज्दा शारीरिक अवस्था र साँगुरो ठाउँका कारण मात्र प्रहरी जवानले माथिबाटै पानी राखिदिएको बताउनुभएको छ ।
कार्की बारेको यो तस्विर पहिलो पटक कान्तिपुर दैनिकमा प्रकाशित भएको थियो । कान्तिपुरको नाम उल्लेख नगरेपनि कार्कीले केही सञ्चार माध्यम विभिन्न वहानामा आफ्नो चरित्र हत्या गर्ने प्रयासमा विगत देखी लागेको भन्दै अहिले आएर आफुले मुख खोल्न बाध्य भएको उल्लेख गर्नुभएको छ ।
यस्तो छ कार्कीले अख्तियार दुरुपयोग अनुसन्धान अयोगको फेसबुकमा लेख्नुभएको अपिल