२ कार्तिक, काठमाडौं ।
पशुपतिनाथका भारतीय मूल भट्ट महावलेश्वरले पदबाट राजिनामा दिएका छन् । महिनाको तिनलाख तलब खाँदै आएका भट्टले कमाइमाथि सरकारले कानुन बमोजिम कर लगाउने तयारी गरेपछि पदबाट राजिनामा दिएको र यो स्विकृतिको चरणमा रहेको छ ।
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. गोविन्द टण्डनका अनुसार भारतीय मुल भट्टले दिएको राजिनामा कोषले स्विकृतिको प्रक्रियामा लगेको छ । भेटी नियमावली लागुभएपछि मुल भट्ट र भट्टहरुले पाउँदै आएको तलबमा कर लाग्ने भएको छ ।
यसैबिच तलबमा कर लाग्ने भएपछि विवाद गरेर पदबाट राजिनामा दिएका भारतीय मूल भट्ट महावलेश्वरलाई पितृ शोक परेको छ । बिहिवार भारतमा भट्टको पिताको निधन भएकाले उनि भारत तर्फ गएका छन् ।
भट्टको अनुपस्थितिमा सहायक भट्टले पशुपतिको मुल भट्टको जिम्मेवारी सम्हाल्नुहुने भएको छ ।