शेयरमा उल्लेख्य सुधार
काठमाडौं, भाद्र ११ । नगन्य अंकले उतार चढाव हुँदै आएको शेयर बजारमा सोमबार भने ८ अंक बढीको उल्लेख्य बृद्धि भयो । ठूला दलले सहमति गर्ने संकेतदेखाएसंगै बजार बढेको अनुमान गरिएको छ । यस दिन बजार परिसुचक नेप्से साढें८ अंकले उकालो लागेर ४ सय ५ मा पुग्यो । कारोबार भएका अधिकांश समूहको शेयरमूल्य बढेसंगै नेप्से बढेको हो ।
टेलिकम सूचिकृत अन्य समूहमा ४१ अंकको उल्लेख्य बृद्धि भएसंगै नेप्से उचालिएको हो । उत्पादनमूलक समूहको सूचक पनि १० अंकले बृद्धि भयो । यस दिन कारोबार परिमाणमा पनि सुधार आयो । यस दिन नेपाल स्टक एक्सचेन्जमा ९४ कम्पनीको २ लाख ११ हजार कित्ता शेयर ७ करोड ७० लाख रुपैयाँमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।