किन बन्द छ केएफसी ? व्यवस्थापन वार्तामा नै नबसेपछि समस्या, सोमवार अर्को वार्ता
काठमाडौं । मंगलवारबाट बन्द भएको केन्टुकी फ्राइड चिकेन (केएफसी) एक साता वित्नै लाग्दा पनि अझै खुलेको छैन । बन्द केएफसी, पिज्जा हट, पिज्जा हट डेलिभरी र क्रिमवेल रेष्टुरेण्ट खुलेको त छैन, खोल्नका लागि नेपाल उद्योग वाणिज्य महासंघले पहल गर्दा समेत व्यवस्थापन वार्तामा बस्न तयार भएको पनि छैन ।स्रोतका अनुसार महासंघले शुक्रवार छलफलका लागि वार्तामा आउन व्यवस्थापन र मजदुरलाई आव्हान गरेको थियो । बिहान ११ बजे तय गरिएको बैठकमा मजदुर, श्रम कार्यालयका प्रतिनिधी र महासंघ प्रतिनिधी आए पनि व्यवस्थापनबाट प्रतिनिधित्व नभएपछि बैठक स्थगित गरिएको थियो ।शुक्रवार महासंघका प्रतिनिधीहरुले व्यवस्थापनलाई वार्तामा बस्न राजी गराएपछि अर्को बैठक बस्ने भन्दै निस्किएका थिए । महासंघ स्रोतका अनुसार केएफसी व्यवस्थापनले सोमवार बिहान वार्तामा बस्ने जानकारी दिएको छ । स्रोतले भन्यो, मजदुर र मालिकवीच ठूलो विवाद छैन, वार्तामा बसे समस्या सुल्झिन्छ ।विवाद के हो ?केएफसी व्यवस्थापनले मंगलवार प्रेस वक्तव्य जारी गर्दै भनेको थियो, मजदुरले प्रवन्धकमाथि हातपात र दुरव्यवहार गरे, त्यसै कारण कम्पनी अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरिएको छ । मजदुरहरुले भने व्यवस्थापक माथि कहिल्यै र कहिं पनि दुरव्यवहार नभएको दावी गरेका छन् ।मुल विवाद कम्पनीमा ट्रेड युनियन दर्ता प्रक्रिया सुरु भएपछि भएको हो, कर्मचारी स्रोतले भन्यो । ट्रेड युनियन दर्ता भएपछि व्यवस्थापनले एकतर्फी ताला लगाएको हो, ताला अझै खुलेको छैन, स्रोतले भन्यो ।
वैद्य माओवादी निकटका मजदुरहरुले केफएसी, पिज्जाहट र क्रिमवेलको सञ्चालन कम्पनी देवयानी इन्टरनेशनलमा मजदुर संगठन दर्ता प्रक्रिया सुरु गरेका थिए । मजदुर संगठन दर्ता गर्न उनीहरुले ६७ जनाको हस्ताक्षरसहितको कागजात श्रम कार्यालयमा बुझाएका थिए ।श्रम कार्यालयबाट मजदुर संगठनको दर्तासमवन्धी प्रमाणपत्र आउनै लाग्दा व्यवस्थापनले देवयानी इन्टरनेशनल बन्द भएको घोषणा गरेको थियो । यसअघि उनीहरुले २०६८ चैतमा पनि माओवादी नटुक्रिंदै संगठन दर्ताको काम अघि बढाएका थिए ।केएफसी दरवारमार्गमा भएका मजदुरको हस्ताक्षरसहित दर्ता प्रक्रियाका लागि आवेदन दिएपछि व्यवस्थापनले संगठन दर्ताका लागि हस्ताक्षर संख्या नपुगेको जानकारी दिंदै श्रम कार्यालयमा पत्र लेखेको थियो । केएफसी दरवारमार्ग कुनै कम्पनी नभएको र यसको प्यारेन्ट कम्पनी देवयानी इन्टरनेशनल भएको भन्दै संगठन दर्ताका लागि हस्ताक्षर संख्या नपुग्ने जानकारी दिएपछि प्रक्रिया रोकिएको थियो ।माओवादी टुक्रिएपछि संगठनको पकड बलियो बनाउन वैद्य माओवादीले केएफसीमा संगठन दर्ता प्रक्रिया फेरी सुरु गरेको हो । तर्थद समितीका एक सदस्यले भने कम्पनीसँग हाम्रो कुनै पनि माग छैन, हामी वैधानिक प्रक्रियाबाट संगठन दर्ता मात्रै गर्दैछौं । उनले वार्तामा बस्न व्यवस्थापनलाई पटक पटक आग्रह गरिएकोपनि जानकारी दिए । तर व्यवस्थापन वार्तामा बस्न नचाहेको उनले बताए ।
व्यवस्थापनको प्रतिक्रिया आएन
यस विषयमा देवयानी इन्टरनेशनलका नेपाल प्रतिनिधी विष्णुवद्र्धन रेड्डी र नेपाली व्यवस्थापक रोशन अडिगाले कुनै प्रतिक्रिया दिएनन् ।कति छ तलव देवयानी इन्टरनेशनलमा संगठन दर्ता प्रक्रियामा गएका मजदुरहरुको आधारभूत तलवजम्मा ३५ सय रुपैयाँ छ । उनीहरुलाई व्यवस्थापनले तीन हजार रुपैयाँ भत्ता थपेर मासिक छ हजार पाँच सय रुपैयाँ दिने गरेको छ । यसबाहेक प्रत्येक महिना हरेक कर्मचारीलाई सातदेखि आठ हजापैयाँको हाराहारीमा सेवा शुल्कको रकम आउँछ । कम्पनीले विक्री हुने सामानको दश प्रतिशत सेवा शुल्क लिन्छ, जुन शुल्कको ठूलो हिस्सा कर्मचारीलाई मासिक तलवमा जोडेर दिइन्छ । व्यवस्थापनले केएफसीमा २८० कर्मचारी भएको बताए पनि अहिले त्यहाँ १६५ जना कर्मचारी कार्यरत छन् ।
कारोवार के छ ?
कम्पनीले औषतमा पाँचवटा आउटलेटबाट दैनिक आठ लाख रुपैयाँको विक्री गर्ने गर्दछ । यसमध्ये दुई लाख रुपैयाँ मूल्य अभिवृद्धि कर र सेवा शुल्कको वापत उठेको हुन्छ । कम्पनीको नेट सेल्स छ लाख रुपैयाँ बराबर छ, स्रोतले भन्यो । यो हिसावमा कम्पनीले वार्षिक २२ करोड रुपैयाँको कारोवार गर्दछ । कम्पनीले रेष्टुरेण्टमा प्रयोग हुने अधिकांश सामान भारतबाट आयात गर्दछ भने केएफसीका लागि आवश्यक चिकेन ब्राजिलबाट आयात गर्दछ । तै पनि सबै खर्च कटाएर कम्पनीलाई २० देखि ३० प्रतिशतको हाराहारीमा मुनाफा बस्छ, स्रोतले भन्यो । यो आधारमा कम्पनीले वार्षिक चारदेखि छ करोड रुपैयाँको हाराहारीमा मुनाफा कमाउँछ ।देवायानी इन्टरनेशनलले काठमाडौको दरवारमार्गमा केएफसी, पिज्जाहट र क्रिमवेल रष्टुरेण्ट सञ्चालन गर्दै आएको छ भने व्लुवर्ड मलमा केएफसी र पिज्जा हट डेलिभरी सञ्चालन गर्दै आएको छ । तीन वर्ष अघि भारतका लगानीकर्ता रविकान्त जयपुरियाको कम्पनी आरजे कर्पको सबसिडरी देवयानी इन्टरनेशनलले काठमाडौंमा मल्टिनेशनल फुड चेन केएफसी र पिज्जा हट खोलेको हो । नेपालमा पप्सीका उत्पादन गर्ने बरुण बेभरेज र धापासीमा बनाइएको बरुण हाउजिङमा समेत जयपुरीयाले लगानी गरेका छन् । देवयानीले पाँचवटा रेष्टुरेणट खोल्न नेपालमा झण्डै २० करोड रूपैयाँ लगानी गरेको छ । यी पाँच स्टोरबाट दैनिक औषतमा आठ लाख रूपैयाँ बराबरको कारोवार हुने गरेको छ ।