Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification
WELCOME !!

Please Register, ask for assignment solutions & post the solutions if you know any.

LETS START POSTING YOUR IDEAS AND THOUGHTS AND BUILD THE COMMUNITY OF EXPERTS.

Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification
WELCOME !!

Please Register, ask for assignment solutions & post the solutions if you know any.

LETS START POSTING YOUR IDEAS AND THOUGHTS AND BUILD THE COMMUNITY OF EXPERTS.

Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification

Stock Market, Online Tutoring, Cloud Based ERP System, Microsoft Dynamics Reporting, Microsoft Nav Certification


You are not connected. Please login or register

View previous topic View next topic Go down  Message [Page 1 of 1]

Formatted

Formatted
Administrator
दूतावासले बुझायो अनधिकृत कामदार पठाउने म्यानपावरको सूची


सुरेन्द्र पौडेल, काठमाडौं, भदौ ४ - अनधिकृत रूपमा वैदेशिक रोजगारीमा जानेको संख्या बढेपछि कुवेतस्थित नेपाली दूतावासले यसरी कामदार मगाउने तथा पठाउने कम्पनीको सूची तयार पारी कारबाहीका लागि नेपाल पठाएको छ। दूतावासले कारबाहीका लागि श्रम तथा रोजगार मन्त्रालय, परराष्ट्र मन्त्रालय, वैदेशिक रोजगार विभाग र श्रम सहचारी समन्वय शाखालाई एकसाथ पत्राचार गरेको छ।

वैदेशिक रोजगार विभागबाट एक कम्पनीको नाममा स्वीकृति लिई कामदारलाई अर्को कम्पनीमा पठाउने तथा श्रम स्वीकृत नलिई कामदार पठाउने म्यानपावर कम्पनीको नाम कारबाहीको लागि सिफारिस गरिएको पत्रमा छ। 'श्रम स्वीकृति लिएभन्दा फरक कम्पनी तथा भिसा र श्रम स्वीकृति नलिई कामदार आउँदा अप्ठ्यारो परेको छ,' कुवेतका लागि नेपाली राजदूत मधुवन पौडेलले टेलिफोनमा नागरिकसँग भने, 'यसरी आउनेसँग कागजात केही हुँदैन। कागजात नहुँदा दोषीलाई कारबाही गर्न तथा नेपाल फिर्ता पठाउन सकिँदैन। त्यसैले दोषीलाई कारबाही गर भनी पत्र पठाएका छौं।'

दूतावासले एक कम्पनीको नाममा स्वीकृति लिई अन्यत्र कम्पनीमा र बिनाश्रम स्वीकृति काम गर्न कुवेत पुगेका २७ जना कामदारको नाम र उनीहरुलाई पठाउने कम्पनीको नाम पत्रमा उल्लेख छ। कम्पनीमा स्वीकृति लिई घरेलु काममा पठाइएका शिवजी बानियाँ, खड्कबहादुर चौधरी र दिनेश धिमाल घरेलु काम गर्न नसकी भागेर दूतावास पुगेपछि अनधिकृत तरिकाले कामदार पठाउने संस्थाबारे दूतावासले खोजी गरेको थियो।

अल कुरिस इन्टरनेशनल, भेरी बेस्ट ओभरसिज प्रालि, डिप गेट वे, ग्रेस ओभरसिजले श्रम स्वीकृति लिएको भन्दा फरक कम्पनी तथा फरक भिसामा कामदार पठाएको दूतावासले जनाएको छ। यी चार संस्थाले २१ जनालाई स्वीकृती लिएकोभन्दा फरक कम्पनी तथा भिसामा कामदार पठाएको दूतावासको पत्रमा छ।

पत्रमा अल कुरिश इन्टरनेशनल र भेरी बेस्ट ओभरसिजले कुवेतको सेक्युरिटी एन्ड टेक्निकल सर्भिस ग्रुप (एसटिएसजी) कम्पनीको श्रम स्वीकृति लिई बानियाँ, चौधरी, धिमाललगायत सातजनालाई घरेलु काममा पठाएको जनाइएको छ। १८ नम्बर भिसामा पठाउनुपर्ने उनीहरूलाई ती कम्पनीले २० नम्बर भिसामा पठाएका थिए। कम्पनीबाट माग भएका कामदारका लागि १८ नम्बर र घरलु कामदारका लागि २० नम्बर भिसा दिइन्छ।

यस्तै, भेरी बेस्ट ओभरसिजले एसटिएसजी कम्पनी, डिप गेट वेले मास्टर सर्भिसेस कम्पनी र ग्रेस ओभरसिजले जनरल ट्रेडिङ कम्पनीको श्रम स्वीकृति लिई बेलबहादुर दर्जी, नेत्रबहादुर केसी, मैदानसिंह लिम्बू, हरिलाल घले, भीम गिरी, तेजबहादुर भण्डारी, जगतबहादुर तमाङ, मोहम्मद हक मियाँ, पेमा तामाङ र लालबहादुर बुढा गरी १० जनालाई अर्कै कम्पनीमा पठाएको दूतावासको पत्रमो छ। उनीहरूले ती कामदारलाई स्वीकृति लिएको कम्पनीमा नपठाई अल रुवाड युनाइटेड जनरल ट्रेडिङ एन्ड कन्ट्रयाक्टीङ कम्पनीमा पठाएका छन्।

'एसटिएसजी मा पठाउने भनी स्वीकृति दिएका कामदार कुनै पनि उक्त कम्पनीमा कार्यरत छैनन्। यसबाट सो स्वीकृति अनुसारका कामदार कता काम गरिरहेका छन् भन्ने अन्योल छ,' दूतावासको पत्रमा छ, 'ती कामदारका कुनै कागजात दूतावासबाट प्रमाणीकरण भएका छैनन्।'

श्रम स्वीकृति नलिई अल रुवाड युनाइटेड जनरल ट्रेडिङ एन्ड कन्ट्रयाक्टीङ कम्पनीमा १० जना पठाएको दूतावासले जनाएको छ। उनीहरूलाई नेपालको कुन कम्पनीले पठाएको हो भन्नेबारे पत्रमा उल्लेख छैन। श्रमस्वीकृति नलिइ जानेमा जयबहादुर कामी, डेनियल तामाङ, मुरारी आचार्य, धनबहादुर परियार, कणे कामी, भीमप्रसाद बुढा, हर्कसिंह बुढा, नीमबहादुर कामी, छविलाल नेपाली र कर्णबहादुर पुन छन्।

'मास्टर सर्भिसेज कम्पनी, सेक्युरिटी एन्ड टेक्निकल सर्भिसेज ग्रुप, जनलर ट्रेडिङ कम्पनी र अल रुवाड युनाइटेड जनरल ट्रेडिङ एन्ड कन्ट्रयाक्टीङ कम्पनीका मागपत्रअनुसार दिइएका पूर्वस्वीकृति सबै रद्द गर्न,' पत्रमा दूतावासले भनेको छ, 'कामदार पठाउने इजाजत प्राप्त संस्था, एजेन्टलगायतलाई कारबाही गर्न अनुरोध छ।'

यसैगरी, कुवेतस्थित नेपाली दूतावासले दुई महिनादेखि महिला कामदार ल्याउन बन्देज लगाए पनि दैनिक २० देखि २५ जना कुवेत पुग्ने गरेको राजदूत पौडेलले जनाए। व्यक्तिगत रूपमा गएका घरेलु कामदारले दुःख पाएपछि दूतावासले संस्थागत रूपमा महिला कामदार ल्याउन दुई महिनाअघि बन्देज लगाएकोे थियो। श्रम विभागले यससम्बन्धी गृहकार्य गरिरहे पनि अनधिकृत रूपमा दैनिक २५ जनासम्म कुवेत पुग्ने गरेको उनले जनाए।

'बन्देज लगाउँदा पनि काठमाडौं र दोस्रो देश हुँदै कामदार अनधिकृत रूपमा आउने क्रम रोकिएको छैन,' राजदूत पौडेलले भने, 'बन्देज लगाउँदा लगाउँदै पनि एजेन्टले कसरी काठमाडौंबाटै कामदार पठाउँछन्, बु‰न सकिएको छैन।'

http://kantipur.friendhood.net

View previous topic View next topic Back to top  Message [Page 1 of 1]

Permissions in this forum:
You cannot reply to topics in this forum