Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification
WELCOME !!

Please Register, ask for assignment solutions & post the solutions if you know any.

LETS START POSTING YOUR IDEAS AND THOUGHTS AND BUILD THE COMMUNITY OF EXPERTS.

Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification
WELCOME !!

Please Register, ask for assignment solutions & post the solutions if you know any.

LETS START POSTING YOUR IDEAS AND THOUGHTS AND BUILD THE COMMUNITY OF EXPERTS.

Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification

Stock Market, Online Tutoring, Cloud Based ERP System, Microsoft Dynamics Reporting, Microsoft Nav Certification


You are not connected. Please login or register

View previous topic View next topic Go down  Message [Page 1 of 1]

Formatted

Formatted
Administrator
काठमाडौं, साउन ३० - एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले
आफूले गठन गर्न लागेको सङ्घीय लोकतान्त्रिक मोर्चा सहमति निर्माणको लागि भएको बताएका छन् । आफ्नै निवास लाजिम्पाटमा रिपोटर्स क्लवको ज्ञापनपत्र बुझ्दै उनले मोर्चा सहमति निर्माणको लागि भएको र यसबाट कोही कसैले आत्तिनु
नपर्ने बताए । पहिचान सहितको सङ्घीयता र सङ्घीयता सहितको संविधान निर्माणका लागि दबाव दिनका लागि ठूलो शक्ति निर्माण गर्नु अहिलेको आवश्यकता भएको बताउँदै अध्यक्ष दाहालले भने, 'जनताले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त गरेको
अधिकारलाई संस्थागत हुन नदिने षड्यन्त्र कायम रहेकाले मोर्चाको आवश्यकता महसुस भएको हो।'मोर्चामा परिवर्तनकामी सबै शक्तिहरु अटाउने विश्वास व्यक्त गर्दै अध्यक्ष दाहालले यो मोर्चा गठनबाट कोही कसैले पनि नकारात्मक टिकाटिप्पणी गर्नुको कुनै तुक नहुने स्पष्ट पारेका छन् ।

पहिचान सहितको सङ्घीयता र सङ्घीयता सहितको संविधानमा भाँजो हालेर देशलाई अध्यारो सुरुङमा लैजान्छु भनेर कोही कसैले सोचेको छ भने त्यो दिवास्वप्ना मात्रै हुने उनको भनाई थियो। आफनो पार्टीले मात्रै सहमति बनाउन नसकेकोले संयुक्त रुपमा दबाव दिनका लागि मोर्चा गठन गर्न लागिएको उनको स्पटोक्ति थियो।नेपाली कांग्रेस र नेकपा(एमाले)प्रति असन्तोष व्यक्त गर्दै अध्यक्ष दाहालले कोही कसैले प्रधान मन्त्री बन्ने इच्छा राख्दैमा प्रधान मन्त्री बन्न नसक्ने बताउए ।उनले भने, 'नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई प्रधान मन्त्री
बन्ने इच्छा भए सहमति निर्माण गर्नुपर्योम, सहमति पनि नबनाउने अनि प्रधान मन्त्रीको लोभ गर्ने यो कस्तो तरिका हो?'सहमति बनाउने प्रयास गरिए र त्यसको लागि पहल गरे पाँचबुँदे सहमति अनुसार कांग्रेसकै नेतृत्वमा सरकार बनाउन एमाओवादी तयार रहेको अध्यक्ष दाहालले बताएका छन् ।

उनले भने, 'प्रधान मन्त्री बन्ने चाहना मन भरी साँच्ने तर सहमति भाँडदै हिड्ने अनि सहमति भएन भन्दै कोकोहोलो मच्चाउने कांग्रेसको तरिका कहिँ कतैबाट पनि उचित छैन।'वर्तमान राजनीतिक सङ्कटको निकासका लागि प्रतिवद्ध भएर सहमति निर्माणमा लागे नेपाली काँग्रेसलाई सरकारको नेतृत्व दिन कुनै आपत्ति नभएको उनको भनाई थियो।

संविधान निर्माण हुन्छ भनेर पार्टीभित्रका सारा समस्या र उल्झन हटाएर आफूले सेना समायोजनको विषयमा महत्वपूर्ण निर्णय गरेको स्मरण गर्दै एमाओवादीअध्यक्ष दाहालले भने, 'एमाओवादीले गर्नुपर्ने जति त्याग गरिसकेको छ । अब त्याग गर्ने पालो कांग्रेस र एमालेको हो । उनीहरु त्याग गर्न तयार भए एक दुई दिन भित्रैमा सहमति बनाउन सकिन्छ। राष्ट्रको समस्या हल गर्न सकिन्छ।'सङ्घीयताको विषयमा नेपाली कांग्रेस र नेकपा(एमाले) प्रष्ट नभएका कारण जेठ १४ गते संविधान बन्न नसकेको बताउँदै उनले आफ्नो पार्टीले सहमतिका लागि
राखेका सबै प्रस्तावलाई स्विकार नगर्ने र पानी माथिको ओभानो बन्ने प्रवृत्ति नै खराब भएको बताए ।

आफ्नो पार्टीका उपाध्यक्ष डा. बाबुराम भट्टराई नेतृत्वको सरकार टिकाईराख्न आफूलाई पनि मन नलागेको र त्यो एमाओवादी पार्टीले पनि नचाहेको स्पष्ट पार्दै अध्यक्ष दाहालले तर सहमति नभइकन सरकार छाडेर देशलाई अन्यौलकोभूमरीमा हाल्ने गल्ती नगर्ने बताए ।

कांग्रेस र एमालले पूर्वाग्रहको राजनीति गरेको तर्क गर्दै अध्यक्ष दाहालले पहिचान सहितको सङ्घीयतामा सहमत भएर संविधानसभाको पुनः स्थापना गर्न दलहरु तयार भए एक घन्टामा सहमति बन्ने बताए ।उनले भने, 'पहिचान सहितको सङघीयतामा जान दलहरु तयार भए वर्तमान राजनीतिकसङ्कटको निकास निकाल्नका लागि कुनै पनि समस्या पर्दैन । यदि यो प्रस्ताव पनि स्वीकार नगर्ने हो भने निर्वाचन नै उत्तम विकल्प हो, लोकतन्त्रवादी भनाउने दलहरु किन निर्वाचनबाट भाग्न खोजेका छन्, मैले बुझ्न सकेको छैन।'

सहमति निर्माण गर्नुको कुनै विकल्प नभएको तर त्यसका लागि एमाओवादी मात्रै तयार भएर नहुने अरु दल पनि तयार हुनुपर्ने उनले बताए । रासस

http://kantipur.friendhood.net

View previous topic View next topic Back to top  Message [Page 1 of 1]

Permissions in this forum:
You cannot reply to topics in this forum