Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification
WELCOME !!

Please Register, ask for assignment solutions & post the solutions if you know any.

LETS START POSTING YOUR IDEAS AND THOUGHTS AND BUILD THE COMMUNITY OF EXPERTS.

Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification
WELCOME !!

Please Register, ask for assignment solutions & post the solutions if you know any.

LETS START POSTING YOUR IDEAS AND THOUGHTS AND BUILD THE COMMUNITY OF EXPERTS.

Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification

Stock Market, Online Tutoring, Cloud Based ERP System, Microsoft Dynamics Reporting, Microsoft Nav Certification

Similar topics

    You are not connected. Please login or register

    View previous topic View next topic Go down  Message [Page 1 of 1]

    Formatted

    Formatted
    Administrator
    गद्दी छाडेर खुरुक्क नागरिक बन्न गएपछि राजाका कारण अरु नागरिकले खासै दुःख पाएका थिएनन्। तर अब दुःख पाउने बेला भएको छ। तर राजाको कारण हैन, उनको फोटो भएको नोटका कारण। किनभने देशमा बरु त्यति गाह्रो भएन होला राजतन्त्र हटाउन नेताहरुलाई, जति राष्ट्र बैँकलाई बजारबाट राजा भएका नोट हटाउन परिरहेको छ। राष्ट्र बैँकले त्यही गाह्रोपन अब हाम्रो टाउकोमा थोपर्न लागेको हो। फलस्वरुप भोलिदेखि सैद्धान्तिक रुपमा राजा भएका नोट चल्ने छैनन्। राष्ट्र बैँकले भोलि अर्थात् चैत १ गतेदेखि राजाका फोटो भएका नोटको कारोबार नगर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ। कारोबार गरे त्यसको सट्टाभर्ना दिन आफू बाध्य नहुने चेतावनी पनि उसले दिएको छ। यो निर्देशनको व्यवहारिक असर कस्तो पर्नेछ, भोलिदेखि थाहा हुनेछ। किनभने राष्ट्र बैँक कै तथ्याङ्क अनुसार अझै २८ अर्ब २२ करोड रुपैयाँ बराबरका नोटहरु बजार मै छन्।
    राजाका फोटो भएका नोट Nepal-kings-head

    सामान्य व्यवहारमा खासै समस्या आउने देखिन्न। बस वा टेम्पो चढिसकेपछि वा कुनै रेस्टुरेन्ट गएर खाइसकेपछि राजा भएको नोट दिँदा उनीहरुले लिँदिन भन्न पाउन्नन्। अर्को नोट छैन त के गर्ने, बस चढिसकियो, खानेकुरा खाइसकियो। त्यही नोट नलिई सुखै पाउन्नन् उनीहरुले।

    तर दिनहुँ पैसा ब्याङ्कमा जम्मा गर्नुपर्ने सुपर मार्केट र खुद्रा व्यापारीहरुले यस्तो नोट लिँदिन भन्न थाले भने चाहिँ समस्या आउन सक्छ।

    त्यसपछि तपाईँको टाउको किन दुख्छ भने त्यस्ता नोट विभिन्न सहरमा रहेका राष्ट्र बैंकका आठ कार्यालय तथा राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेडका ६७ शाखाले मात्र साटिदिनेछन्- जतिको नोट हो त्यतिमा।

    तर अब यो निर्णयका कारण गलत मनसाय भएकाहरुले राजाको फोटो भएका नोट चल्दैन १०० को ५० मा साटिदिन्छु भनेर हल्ला मच्चाउन बेर छैन। यसलाई नियन्त्रण गर्न के योजना छ, सार्वजनिक गरिएको छैन। समस्या पर्नुअघि नै सावधानी अपनाउने हैन, समस्या परेपछि बल्ल समाधानका उपाय खोजिने चलन भएकोले जे हुन्छ, देखा जायगा भनेर हेर्नुपर्ने स्थिति छ।

    गणतन्त्रको अनुभूति जनजीविकाका अरु विषयमा हैन, नोटमा खोज्न थालिएपछि यस्तो हुने नै भयो नि।

    अचम्म छ, पुराना हुँदै गएपछि नोटहरु यत्तिकै राष्ट्र बैँकमा फर्केर आइहाल्छन् नि। किन यसरी सर्वसाधारणलाई दुःखै दिने नियत लिएको हो ? सबै बैँक तथा वित्तीय संस्थालाई राजा भएका नोट आएपछि राष्ट्र बैँकमा साटेर नयाँ नोट लिन भने पनि हुने हो।

    Source: My Sansar

    http://kantipur.friendhood.net

    View previous topic View next topic Back to top  Message [Page 1 of 1]

    Permissions in this forum:
    You cannot reply to topics in this forum